२०८३ साउन १२ मंगलबार

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

ई आर्थिक    बिहिबार, माघ १० २०८१
3.6K
Shares
थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

ई-आर्थिक, काठमाडौं ।  महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।

४० वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीयस्थल चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि-गोदाम-चेक पोष्ट-गुर्जुधारा-सतुगंल-कलङ्की -बल्खु-कोटेश्वर-भक्तपुर-बनेपा-धुलिखेलसम्म सञ्चालनमा आउने छन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट-धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्दै चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न बस सेवाले सजिलो हुने अपेक्षा व्यक्त गरे।

उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij