२०८३ भाद्र २८ आइतबार

६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन

ई आर्थिक    बिहिबार, माघ १० २०८१
2.8K
Shares
६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन

ई-आर्थिक, वीरगञ्ज ।  चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँबराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ।

चालु आवको ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

चालु आवको ६ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ।

चालु आवको छ महिनामा आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व संकलन भएको जनाइएको छ।

आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो। गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij