२०८३ साउन ११ सोमबार

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गर्ने सरकारको योजना सम्भव होला ?

ई आर्थिक    मंगलबार, माघ ८ २०८१
5.8K
Shares
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गर्ने सरकारको योजना सम्भव होला ?

ई-आर्थिक, काठमाडौं । सूचना प्रविधीको क्षेत्रमा नेपाल लगातार कमजोर अवस्थाको सर्वत्र आलोचना भैरहेकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्नका लागि  सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गरेका छ्न।

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन्।प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे।कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए।

उनले छलफल थालेसंगै उनको यो प्रयास कतिको सफल हुने भन्ने विषयमा सम्भावना तथा आशंका देखिएको विज्ञहरुको धारणा राख्छन् । तर   सूचना तथा प्रविधिकीको क्षेत्रमा हामी अझै  हामी पनि दक्ष छैनौ ।

कम्पनीहरूको गत आर्थिक वर्षको विवरणहरू बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रार कार्यालयको सर्भर डाउन भएको थियो ।  तर, त्यसरी विवरण बुझाउने अन्तिम दिन नै सर्भर डाउन हुँदा देशभरका लाखौं कम्पनीका सञ्चालकहरू प्रभावित भएका छन् ।

यस अवधिभित्र विवरण नबुझाएमा कम्पनीको चुक्तापूँजी र ढिलो भएको अवधिको आधारमा जरिवाना लागेको सेवाग्राहीहरुले गुनासो गरे ।  तर, विवरण बुझाउने अन्तिम दिन नै सर्भर डाउन भएपछि लाखौ कम्पनीहरुले जरिवाना तिर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको थियो ।

पुस मसान्तमा अध्यावदिक गर्नुपर्ने कम्पनी रजिस्टार कार्यालयको सफ्टवेयर नचल्दा सेवाग्राहीहरुले घन्टौसम्म दु:ख पाएका थिए । साथै केही महिना अगाडी रहादानी विभागमा सफ्टवेर समस्या आउदा महिनादिन सम्म सेवाग्राहरुले दु:ख तथा हैरानी खेप्न बाध्य भएका थिए । सूचना प्रविधिको अवस्था हेर्न यसमार्फत हेर्दा  हाम्रो अवस्था छर्लङ्ग देखिन्छ ।

सरकारले घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गर्ने सरकारको  योजना सम्भव नहुन सक्छ नेपालमा दक्ष प्रविधि तथा नेपालमा प्रयोग हुने सफ्टवेयरहरु बेलाबेला दु:ख तथा झन्झट दिदा यो सरकारको लक्ष्य बोलीमा मात्रै सिमित हुने देखिन्छ । नेपालमा सूचना तथा प्रविधिको सम्भावना त प्रचुर छ तर यसलाई कार्यन्वयन गर्न झन्झटिलो रहेको छ । सूचना प्रविधी क्षेत्रमा सरकार यति कमजोर छ यस्तो अवस्थामा सरकारले आईटी क्षेत्रमा छलाङ मार्ने सपना पुरा नहुने विज्ञहरु बताउछन् ।

सरकारको प्रविधिको समस्याको कारण बैंकिङक्षेत्रबाट वेलावेलामा पैसा गायव हुने तथा विभिन्न सूचना एपहरु ह्याक हुने समस्याहरु जिउँका तिउ छ । सरकारले सूचनाको क्षेत्रमा चुस्त दुरुस्त कार्य गर्न सकेको छैन् । सूचना प्रविधिमा सरकारको पँहुच न्यून छ । व्यवस्थापन फितलो छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij