२०८३ भाद्र २७ शनिबार

विराट एक्स्पो: डिजिटल तथा व्यावसायीक विकास सेवा पेभिलियन

ई आर्थिक    मंगलबार, माघ ८ २०८१
5.4K
Shares
विराट एक्स्पो:  डिजिटल तथा व्यावसायीक विकास सेवा पेभिलियन

ई-आर्थिक, काठमाडौं । विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहनेछ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ ।

यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोशिष्टम प्रर्दशन गरि जानकारी उपलब्ध गराईने छ । त्यसैगरि, आर्टिफिसीयल इन्टेलिजेन्स लगायत डिजिटल सेवाहरु र यसका बारेमा जानकारी मुलक स्टलले यो पेभिलियनको थप आकर्षण बढने आयोजक उद्योग संगठनको विश्वास छ ।

यस पेभिलियनको दोश्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवं फण्ड म्यानेजमेन्ट कम्पनीहरु, विमा, परामर्शदाताहरु, सरकारका औद्यौगिक विकासका उपलब्ध सेवाहरु तथा प्रकृयाहरु, शैक्षिक स्वास्थ्य तथा अन्य क्षेत्रका बारेमा सूचना सेवाहरु एक्स्पोमा समावेश गरिएको छ ।

बिशेष गरेर लघु घरेलु तथा साना उद्योगहरुलाई डिजिटल प्रविधिका बारेमा सचेतना, यसको उपयोगीताका बारेमा यस पेभिलियनमा उद्योग व्यवसायमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धीका सूचना सामाग्रीहरु मार्फत प्रवर्धन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij