२०८३ साउन १२ मंगलबार

मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा

ई आर्थिक    मंगलबार, माघ ८ २०८१
2.1K
Shares
मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा

ई-आर्थिक, मकवानपुर  । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ ।

थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रनाउ अर्यालका अनुसार, ती दुवै सडक स्तोन्नतिका लागि गत पुस ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो।

यसैगरी, मकवानपुर-काठमाडौं जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij