२०८३ साउन ११ सोमबार

थाईल्यान्डमा नेटाको उपस्थिती कस्तो छ?

ई आर्थिक    बिहिबार, पौस २५ २०८१
2.1K
Shares
थाईल्यान्डमा नेटाको उपस्थिती कस्तो  छ?

ई-आर्थिक, काठमाडौं । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रिको आंकडा अनुसार नेटा  ले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समाबेश भएको पाउन सकिन्छ ।

नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आईरहेको छ l

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (EVs) चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७० किलोवाट  ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट  मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ।  नेटा भी  छिटोमा  २०  मिनेटको चार्जमा ३० प्रतिशत बाट ८० प्रतिशत  सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा 380 किमि दायरा छ र यो क्याटल का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्षमा १ लाख ५० हजार  किमि वारंटी छ।

नेटा एक्सको एकल चार्जमा ५ सय किमि सम्म यात्रा गर्न सक्छ। यसमा १ सय ८५ मिमि   मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ।  क्याटल का अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्स ले पनि ८ वर्षमा  १ लाख ८० हजार   किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ। यी सुविधाहरूले  नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउँछ l

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij