२०८३ साउन १२ मंगलबार

नेपाल लाइफ क्यापिटलको ११ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लामिछाने चयन

ई आर्थिक    मंगलबार, पौस २३ २०८१
2.4K
Shares
नेपाल लाइफ क्यापिटलको ११ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लामिछाने चयन

ई-आर्थिक, काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा  गत पुस १९ गते काठमाण्डौमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आ.व. २०८०/ ८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको हो ।  आ.व. २०८१/ ८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा  कृष्णराज लामिछाने,  सुरेश कुमार अग्रवाल,  अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन हुभएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले  कृष्णराज लामिछाने  सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij