२०८३ साउन ११ सोमबार

१८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा, कसको सिफारिसमा कुन–कुन (सूचिसहित)

ई आर्थिक    मंगलबार, पौस २३ २०८१
4.7K
Shares
१८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा, कसको सिफारिसमा कुन–कुन (सूचिसहित)

ई–आर्थिक, काठमाडौं । १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखिने भएको छ । सरकारले कालोसूचिमा राख्ने प्रकृया सुरु गर्न सूचना समेत प्रकाशित गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई कालो सूचीमा किन नराख्ने भनी स्पष्टीकरण मागको छ ।

जारी सूचनामा कालो सूचनामा राख्न नपर्ने कुनै कारण भए आधार प्रमाणसहित सात दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको हो ।

यसअघि नै ३० दिनभित्र लिखित स्पष्टीकरण माग गरिए पनि पेस नगरेकोले ताकेता गरिएको हो । अबको सात दिनभित्र पनि उचित स्पष्टीकरण नआए कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।

आयोजना अलपत्र पारेपछि विभिन्न सार्वजनिक निकायले १९ कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij