२०८३ साउन १२ मंगलबार

व्यक्तिको जग्गा सहकारीले आफ्नो बनाएको भन्दै पीडीत अदालत र मिडियामा

ई आर्थिक    सोमबार, पौस २२ २०८१
9.4K
Shares
व्यक्तिको जग्गा सहकारीले आफ्नो बनाएको भन्दै पीडीत अदालत र मिडियामा

ई- आर्थिक, काठमाडौं । व्यक्तिको नाममा रहेको जग्गा सहकारी संस्थाले आफ्नो बनाएको भन्दै एकजना पीडीत न्याय पाउने आशामा न्यायलय र मिडियाको ढोका घच्घच्याउन थालेकी छन् । काठमाडौंको मैतिदेवीमा रहेको मैतिदेबी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नाममा रहेको जग्गा हत्याएको भन्दै विनुबाबा घिमिरे अदालत र मिडियामा थाउन थालेकी हुन् ।

पीडीत घिमिरेका अनुसार घिमिरे आफ्नै समकक्षी संस्थाकी अध्यक्ष रत्न कुमारी शर्मा र सीता भट्टराईका कारण उनले व्यक्तिगत लगानी गरेर खरिद गरेको जग्गा संस्थाले कब्जा गरेको हो ।

घटनाक्रम अनुसार घिमिरे पनि संस्थामै पदाधिकारी रहेको समयमा घिमिरेसहित शर्मा र भट्टराईको नाममा संयुक्तरुपमा जग्गा खरिद गरेका थिए ।

ुआफ्नो लगानी परेको र हक हिस्सा भएको सम्पत्ति संरक्षण गरिपाउँ भन्दै घिमिरे अहिले मिडिया र न्यायिक निकायहरुमा हारगुहार गर्दैछिन् ।

उनले आफ्नो नाममा रहेको भूमि स्वामित्वको हकको रक्षा गर्न भक्तपुर जिल्ला अदालतमा पुनरावेदन दायर गरेको ई–आर्थिकलाई बताइन् ।

२०६५ साल बैशाख १२ गते रजिष्ट्रेशन नम्बर २६६५ ङ मार्फत भक्तपुर नगरको वडा नं. १५, क. नं. १४० स्थित ०.१३.२.० क्षेत्रफल अर्थात १३ आना दुई पैसा जमिन संयुक्त रुपमा रत्ना कुमारी शर्मा र सिता भट्टराईसँग किनिएको घिमिरेले बताइन् । उक्त भूमि व्यापारिक कारणले कित्ताकाट गर्न चाहेका थिए, तर विपक्षीले प्रक्रिया रोक्ने र जमिनको सक्कल पुर्जा कब्जामा राख्ने काम गरेको आरोप लगाएकी छिन् ।

यसअघि, घिमिरेले भक्तपुर जिल्ला अदालतमा मिति २०७५/०९/२५ गते एक मुद्दा दायर गरेकी थिइन् यस मुद्दामा, रत्ना कुमारी शर्मा र सिता भट्टराईले व्यक्तिगत र सहकारी संस्थासम्बन्धी दावी पेश गरेका थिए । अदालतले २०७७/८/१४ मा निर्णय सुनायो, जसमा घिमिरेको दाविमा अस्वीकृति जनाउँदै, सहकारी संस्थाको माईन्युट अनुसार उक्त भूमि स्वामित्व असल आधार नभएको ठहर गरेको थियो ।

घिमिरेले यस निर्णयलाई गलत ठहर गर्दै पुनरावेदन दायर गरेको बताइन् । उनले उच्च अदालत पाटनमा पुनरावेदन दायर गर्दै मुद्दाको समाधानको लागि प्रयास जारी राख्ने निर्णय गरेकि छिन् ।

यस विवादले अन्य पीडीत व्यक्तिहरूलाई पनि सहकारी संस्थाहरू अनियमितता र गलत अभ्यासको बारेमा सोच्न बाध्य तुल्याएको छ । घिमिरेले आफ्नो स्वामित्वको अधिकार पुनः स्थापित गर्न र न्याय पाउने उद्देश्यका साथ आफ्नो संघर्षलाई अझ सशक्त बनाउने बताएकी छिन् ।

उनको अनुसार सहकारी संस्था र विपक्षी पक्षले मेरो अधिकारलाई मेटाउनका लागि अनौठो तरिकाले निर्णय गराएका छन् । उनले भनिन्- ‘म यो अन्यायको विरुद्ध लड्न तयार छु।’ उनले थपिन्- ‘देशमा न्याय मेरेको छैन मैले न्याय पाउनुपर्छ ।’

घिमिरेको यो संघर्षले न्यायको महत्त्व र प्रक्रिया सुधारको आवश्यकता झल्काउँछ, जसले भविष्यमा यस्ता विवादहरूको समाधानमा कडा कदम चाल्नुपर्ने आवश्यकता दर्शाउँछ । यस विषयमा ई-आर्थिकले पटक पटक सम्पर्क गर्दा मैतिदेवी सहकारी संस्थाकी अध्यक्ष रत्न कुमारी शर्मा सम्पर्कमा आउन चाहिनन् ।

पीडीत विनुवावा घिमिरेका भनाई जस्ताको तस्तै

मैले मुलुकी देवानी कार्यविधि संहिताको दफा २०५ बमोजिम पुनरावेदन गर्ने म्याद बाँकी रहदाकै अवस्थामा पूर्ण स्वामित्व रहेको सम्पत्ती मलाई थाहा जानकारी सम्म नगराई अन्य विपक्षी समेतको आपसी मिलेमतोमा विचाराधिन मुद्दालाई समेत निश्प्रभावी पार्ने बदनियत साथ मेरो सम्पत्ती सम्बन्धी हकमा आघात पारी मेरो हक नै मेटाउने गरी फैसलाको तथ्य र मर्म विपरीत मा न्यायाधिस ज्यूको आदेशानुसार भक्तपुर जिल्ला अदालतका फाँट नं १ का तत्कालिन कर्मचारी मधु आचार्यले पत्राचार गरेको तर सक्कल फाइलबाट उक्त पत्रनै गायव पारी अनाधिकृत रुपमा पत्राचार समेत गरेकाले भक्तपुर जिल्ला अदालतबाट मिति २०७७ १०२८ गते च.नं ४१२१ को पत्र लेखि फैसला बमोजिम गरिदिनु भनी मालपोत कार्यालयलाई पत्राचार गरी मिती २०७७१२२२ गते मालपोत कार्यालयबाट निर्विवाद हकभोग र स्वामित्वको जग्गा मैतीदेवी महिला सहकारी संस्थाको नाममा दा.खा. ना. सा हुने गरी दुषित तरिकाबाट निर्णय गराएको मेरो समेत संयुक्त नाममा रहेको जग्गाबाट आफ्नो हकहिस्सा छुट्टाई पाउन लिएको वादी दावि पुग्न नसक्ने ठहर गरी मिती २०७७८ १४ गते फैसला भई उक्त फैसला उपर मैलै सम्मानित अदालतमा ०७७-DP- ११७८ को पुनरावेदन र उच्च अदालत पाटन ०७८-WO-०००६ को मुद्दाबाट २०७९/६/१५ गते पुनः ईन्साफ पाँउ भनी भक्तपुर जिल्ला अदालतमा पठाउने आदेश भएपश्चात विपक्षीले मेरो उपरमा खिचोला हक कायम गरी पाउँ भन्ने सहकारी पुनः अर्को मुद्दा गरेको थियो ।

कानुन बमोजिम रजिस्ट्रेशन पास भएको कागज जेठो हुने कुरा मुलुकी ऐन रजिस्ट्रेशनको महलमा उल्लेख भएको हुँदा रजिस्ट्रेशन पास गरी व्यक्तिको संयुक्त नाममा रा.पा. भएको जग्गा सहकारी संस्थाले आफ्नो अनुकुल कहाँ, के कुन कस्तो अवस्थामा लेखिएको माईन्युटको आधारमा सहकारी संस्थाको जग्गा हुन नसक्ने व्यवस्था हुँदा मालपोत कार्यालयबाट विधि सम्मत ढंगले रजिस्ट्रेशन पारित गरि लिएको जग्गालाई मैले उच्च अदालत पाटनमा दर्ता गरेको ०७२-WO- ०००६ को रीट निवेदन र यसै अदालतमा मिति २०७८/५/२गते ०७८-CP-०२९५ को दुषित दा खा निर्णय बदर हक कायम मुद्दा विपरित हुने गरी माननिय न्यायधिश बासुदेव न्यैपाने ज्यूले जग्गा खरिद गर्ने समयमा सहकारिको कुनै पनि संलघ्नता रहेको छैन ।

त्यसैले व्यक्तिको नाममा पारित भएको, पारित गरिदिने दर्तावाल सहकारी संस्था भएकोले उक्त दाता सहकारी संस्थाको मिति २०६४/१२/७ गतेको सञ्चालक समितिको माईनुटको निर्णय नं ५ मा ३ जना रन शर्मा सिता भट्टराई र म बिनुबाबा घिमिरे समेतको नाममा रजिष्ट्रेशन पारित गरि दिने गरि निर्णय भएको र २०६५/१/१३ गते सोहि बमोजिम प्रतिनिधी समेत खटाई म समेतको नाममा पारित भएको जग्गा मेरो नहुने भनि गम्भिर त्रुटि गरी भएको फैसलाले न्यायपालिकाको गरिमा र आस्थामा आँच पुग्ने गरी फैसला भएकोले मलाई ज्यादै नै अन्याय परेको छ । साँचो हो। माननिय न्यायाधिश बासुदेव न्यैपाने ज्यूले उक्त फैसला गर्दा व्यक्तिको नाममा जग्गा खरिद गर्दा समेत माईन्युट चाहिने भनि गलत ब्याख्या गरी अर्को पक्षको प्रभावमा परि गरेको फैसला उक्त फैसलाको ठहर खण्डमा उल्लेखित प्रत्येक शब्द शब्दहरुबाट वास्तविकता थाहा भएको छ ।

म विनु बाबा घिमिरेले मिती २०६५/१/ १२ गते र.नं २६६५ ङ मार्फत मालपोत कार्यालय भक्तपुरबाट जिल्ला भक्तपुर नगर वडा नं १५ क कि नं १४० को क्षे.फ. ०.१३.२.० को जग्गा रत्न कुमारी शर्मा, सिता भट्टराई र म समेत ३ जनाको बराबर स्वमित्व कायम रहने गरी संयुक्त लगाना जग्गा किनि आएको हो । मेरो व्यवहारीक कारणले गर्दा जग्गा किताकाट गरौं भनी सल्लाह गर्न जाँदा कित्ताकाट गर्न नमानी जग्गाको सक्कल पुर्जा समेत विपक्षीले कब्जामा राखि मलाई मेरै सम्पत्ती भोग गर्नबाट बन्चित गरी आएकाले जिल्ला भक्तपुर नगर वडा नं १५ क कि नं. १४० को क्षे.फ. ०.१३.२.० जग्गा मध्ये बराबर मोहडा रहने गरी नरम गरम मिलाई उचित रुपमा बाटो निकास समेत मिलाई ३ भाग १ भाग मेरो हकहिस्सा जग्गा म र बाँकी जग्गा विपक्षीहरुलाई हुने गरी कित्ता काट दर्ताफारी गरी संयुक्त हकहिस्साबाट मेरो हकहिस्सा छुट्टाई अदातलबाट चलन चलाई न्याय ईन्साफ दिलाई पाउन म विनुवावा घिमिरेले रत्ना कुमारी शर्मा, सिता भट्टराई समेतका विरुद्धमा मिति २०७५/०९/२५गते श्री सम्मानित भक्तपुर जिल्ला अदालतमा ०७६.CP.०८८२ को दर्ता फारी चलन चलाई पाउ मुद्दा दायर गरी आएको थिए । मैले उक्त फिराद दायर गरिसकेपश्चात विपक्षी मध्येकी रत्न कुमारी शर्माले प्रतिउत्तर फिराउदा प्रतिउत्तरपत्रको प्रकरण नं १ क मा उक्त जग्गा वादीको एकलौटी नभई क्षेत्रफल ०.१०.० संस्थाको लगानीमा र ०.४.२.० जग्गा दर्तावाला म प्रतिवादी रत्न कुमारी शर्मा, सीता भट्टराई र विपक्षी वादीको हकहिस्सा हुने गरी खरिद भएको हो भनी आंशिक रुपमा स्विकार गरेको अवस्था छ भने अर्का प्रतिवादी सीता भट्टराईले फिराएको प्रतिउत्तर पत्रको प्रकरण नं १ ख मा मिती २०६५ /११ मा मैतिदेवी महिला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितीले निर्णय पारित गरेको र शुरुको दिनमा उक्त जग्गामा अधिकांश संस्थाको लगानी र बाँकी केहि क्षे.फ.जग्गामा अन्य सञ्चालकको लगानी गरिने भनिएको भनी छुट्टाछुट्टै प्रतिउत्तर परेको थियो । मेरो दाविको कि नं १४० को जग्गा मिती २०६५/१/१२ मा खरिद गरि लिदा रत्न कुमारी शर्मा सीता भट्टराई र विनुबाबा घिमिरेका नाममा संयुक्त दर्ता भएको देखिन्छ भने सहायता सहकारी संस्थाबाट आएको समेत देखिन्छ । आफु कार्यरत सहकारी संस्था उपरको पवित्र भावनाले यी प्रतिवादीहरुले वास्तविक तथ्य उल्लेख गरेको अवस्था भई दाविको जग्गा मैतिदेवी महिला बचत तथा ऋण सहकारी संस्थाको हो भन्ने कुरा नै विश्वसनिय र भरपर्दो आधार प्रमाण रहेबाट वादीको व्यक्तिगत हक नै नहुदा दर्ता फुटाई पाउ भन्ने वादी दावि पुग्न नसक्ने ठहर गरी भनी सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिती २०७७८ १४ गते मा फैसला भई तत्किलिन मा.न्या. गोपाल प्रसाद बास्तोला ज्यू बाट उक्त फैसला मिति २०७७/९/२७ मा प्रमाणिकरण भएको फैसला मिति २०७७/१०/४ मा मैले नक्कल सारी लिए पश्चात सबै व्यहोरा अवगत भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij