२०८३ भाद्र २७ शनिबार

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा खनाल, प्रतिस्पर्धी निरोज राउत ३० मतले पछाडी

ई आर्थिक    सोमबार, पौस २२ २०८१
6.9K
Shares
निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा खनाल, प्रतिस्पर्धी निरोज राउत ३० मतले पछाडी

ई–आर्थिक, इलाम । निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित हुनुभएको छ । नवनिर्वाचत खनालले १०७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी निरोज राउतले ७७ मत प्राप्त गर्नुभयो भने राजकुमार भक्तराजले ५३ मत प्राप्त गर्नुभयो । संघको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ बिजयी हुनुभएको छ । उहाँले प्रमोद शेर्पालाई पराजित गरी निर्वाचित हुनुभयो ।

कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी हुनुभएको छ । उहाले एकसय ३५ मत पाउँदा सन्तोष भक्तराजले ९५ मत पाउनुभयो । संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित हुनुभयो ।

सदस्यहरुमा सुप्रिम राई, प्रितम लिम्बु, गञ्जु प्रधान, रोशन महत, ज्ञानबहादुर प्रधान र खगेन्द्र बुढाथोकी निर्वाचित हुनुभयो । लेखा समिति संयोजकमा निलबहादुर चौहान, सदस्यमा जीवन शर्मा र सुरेन भण्डारी चयन हुनुभएको छ । तीनसय ६ जना मतदाता रहेको निर्वाचनमा दुईसय ३७ मत खसेको थियो । निर्वाचित पदाधीकारी र सदस्यालाई आइतबार नै प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij