२०८३ साउन ११ सोमबार

प्रभु बैंकको डिजिटल काउण्टर ‘प्रभु डिजिटल क्यूब’ सञ्चालन

ई आर्थिक    बुधबार, पौस १७ २०८१
4.2K
Shares
प्रभु बैंकको डिजिटल काउण्टर ‘प्रभु डिजिटल क्यूब’  सञ्चालन

ई-आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले  डिजिटल काउण्टर  सञ्चालनमा ल्याएको छ ।  अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवात संगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्यूब ( Digital Cube )  सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टर मार्फत  क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न किओस्क  मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।

यस सेवाको शुरुवात सँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बंैकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ । साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij