२०८३ साउन १२ मंगलबार

पेट्रोल डिजेलको मूल्य बढ्दा, हवाई इन्धनको घट्यो

ई आर्थिक    बुधबार, पौस १७ २०८१
2.5K
Shares
पेट्रोल डिजेलको मूल्य बढ्दा, हवाई इन्धनको घट्यो

ई-आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ ।

डिजेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १ सय २६ रुपैयाँ कायम गरेको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ (काठमाडौंका लागि) प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको निगमले जनाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij