२०८३ भाद्र २८ आइतबार

‘हवाई उड्डयन क्षेत्रको बृद्धि विकासका लागि प्राधिकरण प्रतिबद्ध छ’

ई आर्थिक    मंगलबार, पौस १६ २०८१
13.7K
Shares
‘हवाई उड्डयन क्षेत्रको बृद्धि विकासका लागि प्राधिकरण प्रतिबद्ध छ’

हंसराज पाण्डे

नायव महा–निर्देशक तथा प्रवक्ता

नेपालमा नागरिक उड्डयन प्राधिकरण

नेपालमा नागरिक उड्ड्यन क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?

समग्रमा हेर्दा नागरिक उड्डयन क्षेत्रको अवस्था सन्तोषजनक छ । नागरिक उड्डयन प्राधिकरण तीनवटा क्षेत्र मिलेर बनेको छ । जसमा विमानस्थल, हवाइ आकाश र वायुयान पर्छन् । अहिले नेपालमा ५५ विमास्थल सञ्चालन गरेको छ । यसमध्ये ११ वटामा विमानस्थलमा रात्री उडान र आईएफआर उडान हुन्छन् भने ४२ वटा विमानस्थल कालोपत्र भएकाले उडानको निम्ति योग्य छन् ।

नेपालमा अन्तर्राष्ट्रिय र आन्तरिक वायुसेवा सञ्चालनमा छन् । आकाशको कुरा गर्दा नेपालको हवाइ आकाशको व्यवस्थापन क्यानले गर्दै आएको छ । यसरी हेर्दा नागरिक उड्डयन प्राधिकरणको अवस्था सन्तोषजनक नै छ ।

नेपालमा उड्ड्यन क्षेत्रका चुनौति तथा समस्याहरु के के छन् ?

हामीले चुनौति तथा समस्याहरुलाई दुई भागमा वर्गिकरण गरेर काम गरिरहेका छौं । पहिलो भनेको एभिएसन सेफ्टी र अर्को एभिएसन सेक्युरेटी हो । अहिलेको ठूलो चुनौती भनेको एभिएसन सेफ्टीतर्फ देखिएको छ । तर पहिलाका तुलना गर्ने हो भने अहिले हामीले एभिएसन सेफ्टीतर्फ निकै प्रगति हासिल गर्दै आएका छौं । एसियाको एभिएसनको औषत सुरक्षाका अवस्था भन्दा नेपालको स्तर माथि छ । पछिल्लो ५ वर्ष अवस्थाको तुलना गर्ने हो भने अहिले हामीले उल्लेखनीय प्रगति हासिल गरेका छौं ।

युरोपियन स्ट्याण्डर्ड अनुसार नै हामीले आफ्नो मापदण्ड बनाएर अगाडि बढ्दा पनि युरोपियन युनियनले कोलोसूचीबाट नहटाएकोले हामीलाई काम गर्न केही अप्ठ्यारो त अवस्थ भएको छ । हामीले चाहेर पनि युरोपमा उडान गर्न पाएका छौनौं । उड्डयान क्षेत्रमा हामीभन्दा कमजोर भएका देशहरुले पनि युरोपमा उडान अनुमति पाएका छन् । तर हामीलाई रोकिरहेको अवस्था छ । यस विषयमा हामी बारम्बार उनीहरुसँग छलफल गरिरहेका छौं । आशा छ उनीहरुले हामीलाई चाँडै नै कालोसूचीबाट हटाउने छन् ।

विमानस्थल सञ्चालनतर्फ हेर्दा अन्तर्राष्ट्रिय हवाई उडान गर्न तीन वटा विमानस्थल सञ्चालनमा ल्याएका छौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालित अवस्थामा छ । यस विमानस्थललाई अझै आधुनिक बनाउन यसको क्षमता विस्तारको काम भइरहेको छ । जसका लागि विभिन्न किसिमका पूर्वाधार विकास निर्माणका काम तीव्रगतिमा भइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो । यसले सञ्चालनदेखि नै उडानहरुलाई सुचारु राख्दै आउदा पछिल्लो केही समय उडान स्थगत भएतापनि केही महिनादेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा अपेक्षित रुपमा उडान गतिविधी नभएपनि आशावादी हुनपर्ने प्रशस्त ठाँउहरु छन् । पोखरा पर्यटकीय नगरी हुदै गर्दा त्यहाँबाट सोझै अन्तर्राष्ट्रिय गन्तव्यमा जाने सुविधा घर छेउमा हुदा भोलीका दिनमा पक्कै पनि अन्तर्राष्ट्रिय उडान थप गर्नेमा आशावादी रहेका छौ ।

भैरहवा विमानस्थल उडानमा भारतले अवरोध गरिरहेको छ भन्ने गरिन्छ नि ?

भैरहवाको गौतमबुद्ध विमास्थलमा त्यस्तो कुनै चुनौति छैन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल आजको विमास्थल होइन् । यो विस २०२३ सालमा संचालनमा आएको विमानस्थल हो । अहिले पनि यसको बाटो त्यही हो जुन पहिले आउने जाने गर्दथे । साना विमानहरु उडान अवतरण हुने ठाउँमा अहिले ठूला विमानहरु उडान अवतरण गर्दा हवाइमार्ग विस्तार भएको अवस्था मात्र हो । पहिला सीमित क्षमताका जहाजहरु उड्थे भने अहिले हवाइ मार्ग विस्तार भएपछि ठूला जहाजहरु उड्न थालेका हुन् । यस विषमा भारतीय अवरोध छ भन्ने कुरामा कँही कतै सत्यता छैन । यसमा झन् सुविधा थपिएको छ ।
भैरहवा विमानस्थलमा भिजिविलिटी समस्या हुदा उडान अवरुद्धको विषय आज जनताको चासो रहेको छ । हिउँदको समयमा कुहिँरो लगायतले भिजिविलिटी कम हुदा उडानमा अवरोध हुने तथा प्रभाव पार्ने विषय भनेको नेपालको मात्र समस्या होइन । यो समस्या भनेको भारतका चण्डीगढदेखि लिएर पूर्वी आसाम सम्मको समस्या हो ।

यसलाई सम्बोधन गर्नका लागि नयाँ नयाँ प्रविधिहरु अवलम्बन गर्न आवश्यक छ । कति लगानी गरेर कति प्रविधि भित्र्याएर कति सुविधायोग्य बनाएर न्यूनभिजिविलिटी बनाई जहाजहरु उडान अवतरण गर्न सकिन्छ भन्ने कुरामा सबै विमानस्थलहरु लागिपरेका छन् । यस विमानस्थलको निर्माण सन् २०१४ बाट सुरु भएर सन् २०२२ सकिएको हो । त्यहा इन्स्टुमेन्ट ल्यान्डिङको प्रविधि जडान गरिएको छ । इन्स्टुमेन्ट ल्यान्डिङको अवधारणाको विधिमार्फत उडान गर्दा सूरक्षित राख्नुपर्ने हवाई आकाशको क्षेत्र केही भारतमा पर्न गयो । विमान ल्यान्ड गर्दा सिधा रेखामा दायाँबायाँ तलमाथिको क्षेत्र निश्चित मात्रा सुरक्षित रहनुपर्छ ।

यस्ता क्षेत्रमा कुनै अवरोध हुनुहुदैन । यसमा कुनै मानव निर्मित गतिविधि हुनहुदैन । ड्रोन उड्नु भएन । टावर लठ्ठा खडा गर्नु भएन । त्यस्तो भूमीमाथिको आकाश सुरक्षित राख्नुपर्ने हुदा त्यस आकाशको केहि अंश भारतमा पर्न गएको हुनाले यसको सुनिश्चित नभएसम्म हामी इन्स्टुमेन्ट ल्यान्डिङ विधि अपनाउदैनौ । नेपाली आकाशको हकमा हामी पूर्णरुपमा नियन्त्रण गर्न सक्षम छौं । विदेशी भूमिको हकमा हाम्रो हातमा नरहने हुँदा भारतको सहयोग माग्नुपर्ने अवस्था छ । यसलाई मैखिक रुपमाभन्दा पनि राष्ट्रिय रुपमा नियम कानुन बनाउनुपर्ने हुँदा केही समय लागेको हो । उहाँहरु यसमा सकारात्मक हुनहुन्छ । आगामी माघ १५ गतेबाट कुनै पनि विमान कम्पनीले नियमित उडान गर्न सक्छन् । यस गौतमबुद्ध विमानस्थलमा भारतीय पक्षबाट कुनै अवरोध गरेको छैन ।

नेपालमा कस्ता प्रकारको जहाजलाई भित्र्याउने भन्ने सम्बन्धी प्राधिकरणसंग कुनै मापदण्ड हुन्छ ?

नेपाल सरकारको हवाई नीति २०६३ अनुरुप नेपालमा जहाज ल्याउने गरिन्छ । यस अन्तर्गत २० वर्ष पुराना जहाज भित्र्याउन नपाइने सरकारको नीति नै छ । जहाजमा सानो कुरामा समस्या आएपनि त्यसको सबै भाग फेर्नुपर्ने हुन्छ । यसले गर्दा जहाज पुरानो हुदैन । तर यसको डेट अफ म्यानिफ्क्चर सुरुवात (एमएसएन नम्बर ) पाएको २० वर्ष ननाधेको जहाज हुनुपर्ने प्रावधानहरु नेपाल सरकारले राखेको छ । नेपाल भित्रिएका जहाजहरु २० देखि ४० वर्ष सम्मका रहेको इतिहास छ । जहाजका हरेक पार्टहरु समय सापेक्षित रुपमा परिवर्तन भैरहनुपर्ने हुन्छ । मान्छेको स्वास्थ्य जाँच जस्तै जहाजको स्वास्थ्य जाँच पनि नियमित गरिन्छ । यसलाई एयरओर्दिनेस भनिन्छ । जहाजको हरेक दिन नियमित रुपमा एयरओर्दिनेस जाँच हुन्छ । जहाजका हरेका पार्टपूर्जाहरुको समय सापेक्ष परिवर्तन गर्नुपर्ने प्रमाणिकरण गर्नुपर्ने यी विधि प्रवन्धहरु छन् । जहाज एयरओर्दिनेस रहिरहेको अवस्थासम्म जहाज पुरानो हुदैन् । एयरओर्दिनेस प्रमाणिकरण नेपाल नागरिक उड्डयान प्राधिकरणले गर्छ ।

नेपालबाट सञ्चालित हवाई सेवामा भाडादर वैज्ञानिक छैन् किन यसो भएको हो ? पछिल्लो समय अन्तर्राष्ट्रिय भाडादर वृद्धि भयो के कारणले हो ?

भाडादरलाई दुई चरणमा विभाजन गरिन्छ । एउटा आन्तरिक भाडादर अर्को अन्तर्राष्ट्रिय भाडादर । आन्तरिक भाडादरको कुरा गर्दा नेपाल नागरिक उड्डयान प्राधिकरणको सिफारिसमा नेपाल सरकारले निर्धारण गर्ने कानुनी प्रावधान छ । अहिलेको भाडादर भनेको वि.स. २०७२ सालमा नेपाल नागरिक उडड्यन प्राधिकरणले सिफारिस गरेर नेपाल सरकारले लागू भएको भाडादर हो । यो झन्डै १० वर्ष पूरानो भाडादर हो । भाडादर निर्धारण गर्ने आ–आफ्ना मापदण्डहरु छन् । क्षेत्रअनुसार न्यूनतम र अधिकतम भाडादरको सिलिङ तोकिएको हुन्छ । भाडादर निर्धारण गर्दा इन्धनको मूल्य तलमाथि हुन्छ । यसको सिलिङमा बसेर विमानहरुले भाडादर कायम गरेका हुन्छन् । न्यूनतमा र अधिकतम राख्नुको कारण बढीभन्दा बढी प्रतिस्पर्धा भई न्यूनतम भाडादरमा ग्राहकहरु उड्न पाउन भन्ने हो ।

खुल्ला बजार अर्थतन्त्र अनुसार सरकारले न्यूनतम र अधिकतम भनेर भाडादर तोकेको हुन्छ । सरकारले तोकेको न्यूनतम र अधिकतमको प्रतिस्पर्धाबाट न्यूनतम भाडादर उपलब्ध होस् भन्ने हाम्रो मान्यता हो । यसरी हुदा कहिले भाडादर कम हुन्छ भने कहिले बढी हुने गर्दछ । तर सरकारले तोकेको न्युनतम र अधिकतम भाडादर भित्र नै हुन्छ । यसरी बढी माग भएको समयमा भाडादर बढी हुन्छ र कम माग भएको समयमा भाडादर कम हुन्छ । समय समयमा नेपाल नागरिक उड्डयान प्राधिकरणले पनि भाडादरको अनुगमन गरिरहेको हुन्छ । सरकारले तोकेको सीमा भन्दा बढी भाडा लिएको पाइएमा नियम अनुसार कारवाही गर्छौ । तर अहिले सम्म यो परिस्थिति आएको छैन ।

बजारमा दशैंको समयमा बढी भाडा लिने गरेको जनगुनासो आउँछ । यो भाडादर बढी भनईकन सरकारले तोकेको अधिकतम भाडादर हो । जस्तो कि आजको दिनमा धनगडीको अधिकतम भाडादर भाडा १८ हजार ८ सय १० छ भने यसको न्यूनतम भाडा ८ हजार रहेको छ । दशैको समयमा अधिकतम भाडादर लिने गरेकाले बढी देखिएको मात्र हो ।

अन्तर्राष्ट्रियको हकमा भने भाडादर नियमन हुदैन । नितान्त खुल्ला बजार अर्थतन्त्र अनुरुप एयरलायन्सको पोलिसीमा आधारित भएर भाडादर निर्धारण गरिएका हुन्छन । तर नेपालले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुसँग उडान सम्झौता गर्दा अधिकतम र न्युनतम भाडादर पनि उल्लेख गरेको हुन्छ । त्यसकै आधारमा उनीहरुले भाडादर निर्धारण गरेका हुन्छन् । नेपालले ४२ देशसँग हवाई सम्झौता गरेको छ । यसरी अन्तर्राष्ट्रिय भाडादरको हकमा केही नियन्त्रण भएपनि पूर्णरुपमा नियन्त्रण गर्न भने सकिदैन ।

नेपालमा हवाई सेवा दिने कम्पनीहरु कतिको व्यवसायिक र सेवाप्रदान गर्न लायक छन् ? हवाई कम्पनीहरुको कमीकजोरीहरु कस्तो पाउँनुभएको छ ?

अन्तर्राष्ट्रिय रुपमा हामी कमजोर छौ । हाम्रा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भनेको मुख्य रुपमा दुईवटा मात्र छन् । एउटा भनेको नेपाल एयरलाइन्स हो भने अर्को हिमालयन एयरलाइन्स हो । बुद्ध एयर र यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएपनि उनीहरुले उडान गरेका छैनन । नेपाल एयरलाइन्सले चारवटा जहाजमार्फत सेवा संचालन गरिरहेको छ भने हिमालय एयरलाइन्सले पनि चारवटै जहाजमार्फ सेवा उपलब्ध गराइरहेका छन् । यति जहाज संख्यालाई अन्तर्राष्ट्रिय बजार पर्याप्त मान्न सकिदैन । हामीले पाएको अन्तर्राष्ट्रिय हवाई सिटको ११ प्रतिशत पनि फाइदा लिन सकेका छैनौं । त्यसैले हाम्रो बजार अन्य देशका यएरलाइन्सहरुले लिइरहेका छन्

आन्तरिक वायुसेवाको हकमा भन्नु पर्दा नेपालले सन् १९९२ देखि उदार आकाश नीति लिएको पाइन्छ । त्यो भन्दा अगाडी नेपाल एयरलाइन्स मात्रै थियो । खुला आकाश नीतिपछि निजी क्षेत्रले पनि एभियसन क्षेत्रमा लगानी गर्न सुरु गरेका हुन । सुरुवातका दिनहरुमा उत्साहप्रद लगानी यस क्षेत्रमा आयो । विभिन्न नामका धेरै वायुसेवा कम्पनीहरु खुले । तर तिनीहरु दीगोरुपमा रहिरहन सकेनन् । जस्तो कि नेकोन एयर, नेपाल एयर, गोर्खा एयरवेयज, कस्मिक एयर लगायतका धेरै कम्पनीहरु खुले र बन्द पनि भए । नेपालका अधिकांश वायुसेवा कम्पनीहरु दिगो हुन सकेनन् । यसरी हेर्दा दुर्गमतिर सेवा दिने कम्पनीहरु दिगो हुन नसकेको देखिन्छ । यसमा लागत धेरै हुन्छ । जुन कम्पनीले जान्नै सक्दैन । यसरी दुर्गम क्षेत्रमा सेवा दिने कम्पनीलाई सरकारले सुविधा दिनुपर्ने हुन्छ ।

निजी क्षेत्रहरुका हवाई कम्पनीहरुलाई दिगोपनाका लगि सरकारले धेरै खालको सहुलियत तथा प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर नेपाल सरकारले त्यस्ता प्रोत्पाहनयुक्त कार्यक्रमहरु ल्याएको छैन । विदेशतिर आन्तरिक वायुसेवालाई कसरी प्रोटेक्ट गर्ने भनेर कार्ययोजना नै बनाएका हुन्छन् ।

पर्याप्त मात्रमा विमानस्थल हुदा पनि दुर्गम क्षेत्रमा किन विमान कम्पनीहरुले नियमति उडान गरिरहेका छैनन् ?

हाम्रो मूख्य चासो भनेको दुर्गम क्षेत्रका साना विमानस्थलहरुमा नियमित उडान गराउनु नै हो । दुर्गम क्षेत्रका विमानस्थलहरुमा साना जहाजहरु उडाउनुपर्ने हुन्छ । यसरी साना जहाजहरु उडाउँदा लागत धेरै लाग्ने गर्दछ । कम्पनीहरुले त्यो खर्च धान्नै सक्दैनन । त्यस्तै हाम्रा विमान कम्पनीहरुसँग दुर्गम क्षेत्रमा उडान गर्ने जहाज नै पर्याप्त छैनन् । सीता एयरका तीनवटा जहाजमा दुईवटा मात्र चालु छन् । त्यस्तै समित एयरका चार वटा जहाजमा तीन वटा मात्रै चालु छन् । नेपाल एयरलाइन्सको दुईवटा जहाजमा एउटा मात्र चालु छ । त्यसैगरी तार एयरको तीनवटा जहाज चालु छन् । यसरी हेर्दा दुर्गम क्षेत्रमा चल्ने जहाज भनेको ९ वटा मात्र छन् । त्यसैले दुर्गम क्षेत्रमा नियमित उडान गर्नका लागि सरकारले धेरै किसिमका प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्छ भने कम्पनीहरुले पनि जहाज संख्या बढाउनुपर्ने हुन्छ ।

अहिले नेपालमा ४१ वटा साना विमानस्थलहरु छन् । जसमा १३ वटा घाँसे ग्रभेल रनवेहरु रहेका छन् । यसमध्ये ३ वटा विमानस्थलमा विमान चल्न सक्दैनन । यिनीहरुलाई विमानस्थलमा सूचिकृत मात्र गरिएको छ । त्यस्तै १० वटा विमानस्थलहरुमा सामान्य पूर्वाधार भएतापनि विमानहरु चल्न सक्दैनन । २८ विमानस्थल कालोपत्र भएका छन् । त्यसमा पनि १८ वटा विमानस्थलहरुमा मात्रै नियमित उडान अवतरण हुन्छन् । बाँकी १० वटा विमानस्थलमा पर्याप्त जहाजहरु नहुँदा नियमित उडान अवतरण हुदैन ।

व्यवसायीहरुलाई जहाज थप्नका लागि प्रोत्साहन गर्न नेपाल नागरिक उड्डयान प्राधिकरणले केही भूमिका खेल्न सक्दैन ?

लगानी गरेपछि त्यसको प्रतिफल जसले पनि चाहन्छ । यो सामान्य कुरा हो । निजी क्षेत्रले साना जहाजमा लगानी गर्दा त्यसले प्रतिफल कम दिन्छ । त्यसमा पनि दुर्गम क्षेत्रमा उडान गर्दा त घाटा नै हुन्छ । यसरी घाटा खाएर त कसैले व्यापार गर्न चाहदैन । यसमा सरकारी स्तरबाट नै पहल हुनुपर्छ । नेपाल वायुसेवा निगम विभिन्न किसिमका सेवा सुविधा तथा सहुलित दिएर उडान गर्न प्रोत्साहन गर्नुपर्छ । यसका लागि सरकारले जहाज किन्ने वातावरण बनाइदिनुपर्छ । यसमा पर्यटनमन्त्री कडाइका साथ लाग्नुभएको छ । केही समय अगाडि पर्यटनमन्त्रीले प्रदेश सरकारले जाहज किनेर दुर्गम क्षेत्रमा उडान गर्नुपर्छ भन्नुभएको थियो । यो एकदमै राम्रो मोडल जस्तो लाग्छ मलाई । यदि यसरी काम गर्न सकिएको खण्डमा दुर्गम क्षेत्रमा नियमित उडान गर्न सकिन्छ । नागरिक उड्डयान प्राधिकरण भनेको त सेवा दिने संस्था हो । यदि दुर्गम क्षेत्रमा जहाज चलेमा हामी २४ सै घण्टा सेवा दिन तयार छौं ।

हवाई जहाजबाट छिटो यात्रा हुनेभएपनि कहिलेकाँही उचित व्यवस्थापन नहुदा यात्रुहरुले सास्ति भोग्नु परेको छ । यसलाई नेपाल नागरिक उड्डयान प्राधिकरणले कसरी व्यस्थापन गर्छ ?

हामी जहिले पनि छिटो छरितो र स्तरीय सेवा दिन तत्पर छौं । कहिले काँही देशका प्रमुखहरु आवत जावत गर्दा जहाज होल्ड गर्नुपर्ने भएकाले केही समय यात्रुहरुलाई रोक्नुपर्ने हुन्छ । देशका प्रमुखहरु अपौचारिक रुपमा कुनै भ्रमणमा जाँदा राष्ट्रिय सम्मानकासाथ जानुपर्छ र आउनुपर्छ । राष्ट्रिय सम्मान लिनुपर्ने जो व्यक्ति छन् निर्वाधरुपमा जान पाउनुपर्छ कुनै वाधा अवरोधविना जान पाउनुपर्ने भन्ने कानुनी व्यवस्था छ । विदेशतिर ठूला विमानस्थलहरु हुदा त्यसको क्षेत्र छुट्टै बनाइएको हुन्छ । त्यहाँ कुनै समस्या हुदैन् । तर हाम्रो विमास्थल सानो छ । त्यसमा सबै कुराहरु एडजस्ट गर्नुपर्ने भएकाले देशका प्रमुहरु आउनु भन्दा १५ मिनेट अगाडी र जानुभन्दा १५ मिनेट पछाडी विमानस्थल बन्द गरिन्छ । यसलाई हामीले सामान्य रुपमा लिनुपर्छ । अर्को भनको मौसमको कारण नियमित उडान अवतरण नहुदा यात्रुहरुलाई सास्ती पर्ने गर्छ । सबैभन्दा मुख्य भनेको चाडपर्वको समयमा ट्राफिक व्यवस्थापनमा केही चुनौतीहरु थपिन्छ । यसमा हामी हरसम्भव सहजिकरणको भूमिका खेलिरहेका हुन्छौं ।

ईयूको ब्ल्याकलिस्टबाट हट्ने अवस्था के छ ?

युरोपियनहरुको मुख्य चासो भनेकै उडड्यन सूरक्षा हो । सुरक्षाका सन्दर्भमा हाम्रो नेटवर्क भनेकै अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन नै हो । अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन प्राधिकरले नेपालको सुरक्षा स्थितिको अध्ययन २४ सै घन्टा अध्यावदिक गरेर राख्छ । नेपालको हवाई सुरक्षा स्थिति, अवस्था के भनेर वेवसाईडमा अपडेट गरेर राखेको छ । यसका आधारमा अन्य देश लगायत संस्थाहरुले धारणा बनाउने हुन् । हामी त्यस क्षेत्रसंग उत्तरदायी र जवाफदेही छौ । ईयुपनि त्यसप्रति उत्तरदायी र जवाफदेही संस्था हो । ईयुले आफ्ना लागि हवाई सुरक्षा क्षेत्रको चासो व्यक्त गर्‍ यो होला त्यो चासोको लागि सम्बोधन गर्न हामी तयार छौ । उहाँहरुसंग सम्बादमा छौ । उहाँहरुले मागेका सूचना बुझाइरहेका छौ ।नेपालमा प्रयोग गरिने जहाज लगायत उनीहरुले प्रयोग गर्ने उपकरणहरु जे जति छन्, त्यसमा ९९ प्रतिशत युरोपका प्रोडक्टहरु छन् । त्यस्तै मर्मत संभारमा आउने इन्जिनियरहरु पनि युरोपकै हुन्छन् । जहाज पनि युरोपबाट नै ल्याइन्छ । पाइलट पनि उतैबाट आउँछन् । भने पछि सबै कुरा युरोपबाट नै आउँछ भने हामीलाई कि व्ल्याक लिस्टेड गरेको यो बुझिनसक्नु छ । गरिब देश भनेर हेपेको हो कि भन्ने भान हुन थालेको छ, हामीलाई । यदि यस्तै गरिरहने हो भने हामी युरोपको प्रोडक्ट केही पनि प्रयोग गर्दैर्नौ पनि भनिरहेका छौं । हामीले अन्तर्राष्ट्रिय मान्यता पालना गरेका छौं र, हवाई सुरक्षामा हामी पूर्ण सचेत छौं ।

विमानस्थलमा जहाज मर्मतको लागि ह्याङ्गरको कमीका कारण जहाज मर्मत गर्न समस्या भयो भन्ने जहाज कम्पनीहरुले गरेका छन् । यसमा क्यानको धारणा के छ ?

हामीले ह्याङ्गर बनाउने ठाउँ उपलब्ध गराउने हो । त्यसमा हामीले ह्याङ्गर बनाउने ठाउँ मात्र होइन, त्यहाँसम्म जहाज जनसक्ने पूर्वाधारको विकास पनि गर्दछौ । ह्याङ्गर बनाउने काम भनेको जहाज कम्पनीको हो । अहिले त्रिभुवन विमानस्थलमा नेपाल एयरलाइन्सको ह्याङगर, आर्मीको ह्याङ्गर, बुद्ध एयरको ह्याङ्गरहरु छन् । अहिले नेपाल नागरिक उड्डयान प्राधिकरणले ह्याङ्गर जोन भनेर निर्माण गरिरहेको छ । ह्याङ्गर बनाउनका लागि पूर्वाधार बनाइदिने काम हामीले गर्दैछौं । साना जहाजका लागि नेपालगन्जमा ह्याङ्गर छ भने ठूला जहाजका लागि पोखरमा ह्याङ्गर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij