हंसराज पाण्डे
नायव महा–निर्देशक तथा प्रवक्ता
नेपालमा नागरिक उड्डयन प्राधिकरण
नेपालमा नागरिक उड्ड्यन क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?
समग्रमा हेर्दा नागरिक उड्डयन क्षेत्रको अवस्था सन्तोषजनक छ । नागरिक उड्डयन प्राधिकरण तीनवटा क्षेत्र मिलेर बनेको छ । जसमा विमानस्थल, हवाइ आकाश र वायुयान पर्छन् । अहिले नेपालमा ५५ विमास्थल सञ्चालन गरेको छ । यसमध्ये ११ वटामा विमानस्थलमा रात्री उडान र आईएफआर उडान हुन्छन् भने ४२ वटा विमानस्थल कालोपत्र भएकाले उडानको निम्ति योग्य छन् ।
नेपालमा अन्तर्राष्ट्रिय र आन्तरिक वायुसेवा सञ्चालनमा छन् । आकाशको कुरा गर्दा नेपालको हवाइ आकाशको व्यवस्थापन क्यानले गर्दै आएको छ । यसरी हेर्दा नागरिक उड्डयन प्राधिकरणको अवस्था सन्तोषजनक नै छ ।
नेपालमा उड्ड्यन क्षेत्रका चुनौति तथा समस्याहरु के के छन् ?
हामीले चुनौति तथा समस्याहरुलाई दुई भागमा वर्गिकरण गरेर काम गरिरहेका छौं । पहिलो भनेको एभिएसन सेफ्टी र अर्को एभिएसन सेक्युरेटी हो । अहिलेको ठूलो चुनौती भनेको एभिएसन सेफ्टीतर्फ देखिएको छ । तर पहिलाका तुलना गर्ने हो भने अहिले हामीले एभिएसन सेफ्टीतर्फ निकै प्रगति हासिल गर्दै आएका छौं । एसियाको एभिएसनको औषत सुरक्षाका अवस्था भन्दा नेपालको स्तर माथि छ । पछिल्लो ५ वर्ष अवस्थाको तुलना गर्ने हो भने अहिले हामीले उल्लेखनीय प्रगति हासिल गरेका छौं ।
युरोपियन स्ट्याण्डर्ड अनुसार नै हामीले आफ्नो मापदण्ड बनाएर अगाडि बढ्दा पनि युरोपियन युनियनले कोलोसूचीबाट नहटाएकोले हामीलाई काम गर्न केही अप्ठ्यारो त अवस्थ भएको छ । हामीले चाहेर पनि युरोपमा उडान गर्न पाएका छौनौं । उड्डयान क्षेत्रमा हामीभन्दा कमजोर भएका देशहरुले पनि युरोपमा उडान अनुमति पाएका छन् । तर हामीलाई रोकिरहेको अवस्था छ । यस विषयमा हामी बारम्बार उनीहरुसँग छलफल गरिरहेका छौं । आशा छ उनीहरुले हामीलाई चाँडै नै कालोसूचीबाट हटाउने छन् ।
विमानस्थल सञ्चालनतर्फ हेर्दा अन्तर्राष्ट्रिय हवाई उडान गर्न तीन वटा विमानस्थल सञ्चालनमा ल्याएका छौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालित अवस्थामा छ । यस विमानस्थललाई अझै आधुनिक बनाउन यसको क्षमता विस्तारको काम भइरहेको छ । जसका लागि विभिन्न किसिमका पूर्वाधार विकास निर्माणका काम तीव्रगतिमा भइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो । यसले सञ्चालनदेखि नै उडानहरुलाई सुचारु राख्दै आउदा पछिल्लो केही समय उडान स्थगत भएतापनि केही महिनादेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा अपेक्षित रुपमा उडान गतिविधी नभएपनि आशावादी हुनपर्ने प्रशस्त ठाँउहरु छन् । पोखरा पर्यटकीय नगरी हुदै गर्दा त्यहाँबाट सोझै अन्तर्राष्ट्रिय गन्तव्यमा जाने सुविधा घर छेउमा हुदा भोलीका दिनमा पक्कै पनि अन्तर्राष्ट्रिय उडान थप गर्नेमा आशावादी रहेका छौ ।
भैरहवा विमानस्थल उडानमा भारतले अवरोध गरिरहेको छ भन्ने गरिन्छ नि ?
भैरहवाको गौतमबुद्ध विमास्थलमा त्यस्तो कुनै चुनौति छैन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल आजको विमास्थल होइन् । यो विस २०२३ सालमा संचालनमा आएको विमानस्थल हो । अहिले पनि यसको बाटो त्यही हो जुन पहिले आउने जाने गर्दथे । साना विमानहरु उडान अवतरण हुने ठाउँमा अहिले ठूला विमानहरु उडान अवतरण गर्दा हवाइमार्ग विस्तार भएको अवस्था मात्र हो । पहिला सीमित क्षमताका जहाजहरु उड्थे भने अहिले हवाइ मार्ग विस्तार भएपछि ठूला जहाजहरु उड्न थालेका हुन् । यस विषमा भारतीय अवरोध छ भन्ने कुरामा कँही कतै सत्यता छैन । यसमा झन् सुविधा थपिएको छ ।
भैरहवा विमानस्थलमा भिजिविलिटी समस्या हुदा उडान अवरुद्धको विषय आज जनताको चासो रहेको छ । हिउँदको समयमा कुहिँरो लगायतले भिजिविलिटी कम हुदा उडानमा अवरोध हुने तथा प्रभाव पार्ने विषय भनेको नेपालको मात्र समस्या होइन । यो समस्या भनेको भारतका चण्डीगढदेखि लिएर पूर्वी आसाम सम्मको समस्या हो ।
यसलाई सम्बोधन गर्नका लागि नयाँ नयाँ प्रविधिहरु अवलम्बन गर्न आवश्यक छ । कति लगानी गरेर कति प्रविधि भित्र्याएर कति सुविधायोग्य बनाएर न्यूनभिजिविलिटी बनाई जहाजहरु उडान अवतरण गर्न सकिन्छ भन्ने कुरामा सबै विमानस्थलहरु लागिपरेका छन् । यस विमानस्थलको निर्माण सन् २०१४ बाट सुरु भएर सन् २०२२ सकिएको हो । त्यहा इन्स्टुमेन्ट ल्यान्डिङको प्रविधि जडान गरिएको छ । इन्स्टुमेन्ट ल्यान्डिङको अवधारणाको विधिमार्फत उडान गर्दा सूरक्षित राख्नुपर्ने हवाई आकाशको क्षेत्र केही भारतमा पर्न गयो । विमान ल्यान्ड गर्दा सिधा रेखामा दायाँबायाँ तलमाथिको क्षेत्र निश्चित मात्रा सुरक्षित रहनुपर्छ ।
यस्ता क्षेत्रमा कुनै अवरोध हुनुहुदैन । यसमा कुनै मानव निर्मित गतिविधि हुनहुदैन । ड्रोन उड्नु भएन । टावर लठ्ठा खडा गर्नु भएन । त्यस्तो भूमीमाथिको आकाश सुरक्षित राख्नुपर्ने हुदा त्यस आकाशको केहि अंश भारतमा पर्न गएको हुनाले यसको सुनिश्चित नभएसम्म हामी इन्स्टुमेन्ट ल्यान्डिङ विधि अपनाउदैनौ । नेपाली आकाशको हकमा हामी पूर्णरुपमा नियन्त्रण गर्न सक्षम छौं । विदेशी भूमिको हकमा हाम्रो हातमा नरहने हुँदा भारतको सहयोग माग्नुपर्ने अवस्था छ । यसलाई मैखिक रुपमाभन्दा पनि राष्ट्रिय रुपमा नियम कानुन बनाउनुपर्ने हुँदा केही समय लागेको हो । उहाँहरु यसमा सकारात्मक हुनहुन्छ । आगामी माघ १५ गतेबाट कुनै पनि विमान कम्पनीले नियमित उडान गर्न सक्छन् । यस गौतमबुद्ध विमानस्थलमा भारतीय पक्षबाट कुनै अवरोध गरेको छैन ।
नेपालमा कस्ता प्रकारको जहाजलाई भित्र्याउने भन्ने सम्बन्धी प्राधिकरणसंग कुनै मापदण्ड हुन्छ ?
नेपाल सरकारको हवाई नीति २०६३ अनुरुप नेपालमा जहाज ल्याउने गरिन्छ । यस अन्तर्गत २० वर्ष पुराना जहाज भित्र्याउन नपाइने सरकारको नीति नै छ । जहाजमा सानो कुरामा समस्या आएपनि त्यसको सबै भाग फेर्नुपर्ने हुन्छ । यसले गर्दा जहाज पुरानो हुदैन । तर यसको डेट अफ म्यानिफ्क्चर सुरुवात (एमएसएन नम्बर ) पाएको २० वर्ष ननाधेको जहाज हुनुपर्ने प्रावधानहरु नेपाल सरकारले राखेको छ । नेपाल भित्रिएका जहाजहरु २० देखि ४० वर्ष सम्मका रहेको इतिहास छ । जहाजका हरेक पार्टहरु समय सापेक्षित रुपमा परिवर्तन भैरहनुपर्ने हुन्छ । मान्छेको स्वास्थ्य जाँच जस्तै जहाजको स्वास्थ्य जाँच पनि नियमित गरिन्छ । यसलाई एयरओर्दिनेस भनिन्छ । जहाजको हरेक दिन नियमित रुपमा एयरओर्दिनेस जाँच हुन्छ । जहाजका हरेका पार्टपूर्जाहरुको समय सापेक्ष परिवर्तन गर्नुपर्ने प्रमाणिकरण गर्नुपर्ने यी विधि प्रवन्धहरु छन् । जहाज एयरओर्दिनेस रहिरहेको अवस्थासम्म जहाज पुरानो हुदैन् । एयरओर्दिनेस प्रमाणिकरण नेपाल नागरिक उड्डयान प्राधिकरणले गर्छ ।

नेपालबाट सञ्चालित हवाई सेवामा भाडादर वैज्ञानिक छैन् किन यसो भएको हो ? पछिल्लो समय अन्तर्राष्ट्रिय भाडादर वृद्धि भयो के कारणले हो ?
भाडादरलाई दुई चरणमा विभाजन गरिन्छ । एउटा आन्तरिक भाडादर अर्को अन्तर्राष्ट्रिय भाडादर । आन्तरिक भाडादरको कुरा गर्दा नेपाल नागरिक उड्डयान प्राधिकरणको सिफारिसमा नेपाल सरकारले निर्धारण गर्ने कानुनी प्रावधान छ । अहिलेको भाडादर भनेको वि.स. २०७२ सालमा नेपाल नागरिक उडड्यन प्राधिकरणले सिफारिस गरेर नेपाल सरकारले लागू भएको भाडादर हो । यो झन्डै १० वर्ष पूरानो भाडादर हो । भाडादर निर्धारण गर्ने आ–आफ्ना मापदण्डहरु छन् । क्षेत्रअनुसार न्यूनतम र अधिकतम भाडादरको सिलिङ तोकिएको हुन्छ । भाडादर निर्धारण गर्दा इन्धनको मूल्य तलमाथि हुन्छ । यसको सिलिङमा बसेर विमानहरुले भाडादर कायम गरेका हुन्छन् । न्यूनतमा र अधिकतम राख्नुको कारण बढीभन्दा बढी प्रतिस्पर्धा भई न्यूनतम भाडादरमा ग्राहकहरु उड्न पाउन भन्ने हो ।
खुल्ला बजार अर्थतन्त्र अनुसार सरकारले न्यूनतम र अधिकतम भनेर भाडादर तोकेको हुन्छ । सरकारले तोकेको न्यूनतम र अधिकतमको प्रतिस्पर्धाबाट न्यूनतम भाडादर उपलब्ध होस् भन्ने हाम्रो मान्यता हो । यसरी हुदा कहिले भाडादर कम हुन्छ भने कहिले बढी हुने गर्दछ । तर सरकारले तोकेको न्युनतम र अधिकतम भाडादर भित्र नै हुन्छ । यसरी बढी माग भएको समयमा भाडादर बढी हुन्छ र कम माग भएको समयमा भाडादर कम हुन्छ । समय समयमा नेपाल नागरिक उड्डयान प्राधिकरणले पनि भाडादरको अनुगमन गरिरहेको हुन्छ । सरकारले तोकेको सीमा भन्दा बढी भाडा लिएको पाइएमा नियम अनुसार कारवाही गर्छौ । तर अहिले सम्म यो परिस्थिति आएको छैन ।
बजारमा दशैंको समयमा बढी भाडा लिने गरेको जनगुनासो आउँछ । यो भाडादर बढी भनईकन सरकारले तोकेको अधिकतम भाडादर हो । जस्तो कि आजको दिनमा धनगडीको अधिकतम भाडादर भाडा १८ हजार ८ सय १० छ भने यसको न्यूनतम भाडा ८ हजार रहेको छ । दशैको समयमा अधिकतम भाडादर लिने गरेकाले बढी देखिएको मात्र हो ।
अन्तर्राष्ट्रियको हकमा भने भाडादर नियमन हुदैन । नितान्त खुल्ला बजार अर्थतन्त्र अनुरुप एयरलायन्सको पोलिसीमा आधारित भएर भाडादर निर्धारण गरिएका हुन्छन । तर नेपालले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुसँग उडान सम्झौता गर्दा अधिकतम र न्युनतम भाडादर पनि उल्लेख गरेको हुन्छ । त्यसकै आधारमा उनीहरुले भाडादर निर्धारण गरेका हुन्छन् । नेपालले ४२ देशसँग हवाई सम्झौता गरेको छ । यसरी अन्तर्राष्ट्रिय भाडादरको हकमा केही नियन्त्रण भएपनि पूर्णरुपमा नियन्त्रण गर्न भने सकिदैन ।
नेपालमा हवाई सेवा दिने कम्पनीहरु कतिको व्यवसायिक र सेवाप्रदान गर्न लायक छन् ? हवाई कम्पनीहरुको कमीकजोरीहरु कस्तो पाउँनुभएको छ ?
अन्तर्राष्ट्रिय रुपमा हामी कमजोर छौ । हाम्रा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भनेको मुख्य रुपमा दुईवटा मात्र छन् । एउटा भनेको नेपाल एयरलाइन्स हो भने अर्को हिमालयन एयरलाइन्स हो । बुद्ध एयर र यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएपनि उनीहरुले उडान गरेका छैनन । नेपाल एयरलाइन्सले चारवटा जहाजमार्फत सेवा संचालन गरिरहेको छ भने हिमालय एयरलाइन्सले पनि चारवटै जहाजमार्फ सेवा उपलब्ध गराइरहेका छन् । यति जहाज संख्यालाई अन्तर्राष्ट्रिय बजार पर्याप्त मान्न सकिदैन । हामीले पाएको अन्तर्राष्ट्रिय हवाई सिटको ११ प्रतिशत पनि फाइदा लिन सकेका छैनौं । त्यसैले हाम्रो बजार अन्य देशका यएरलाइन्सहरुले लिइरहेका छन्
आन्तरिक वायुसेवाको हकमा भन्नु पर्दा नेपालले सन् १९९२ देखि उदार आकाश नीति लिएको पाइन्छ । त्यो भन्दा अगाडी नेपाल एयरलाइन्स मात्रै थियो । खुला आकाश नीतिपछि निजी क्षेत्रले पनि एभियसन क्षेत्रमा लगानी गर्न सुरु गरेका हुन । सुरुवातका दिनहरुमा उत्साहप्रद लगानी यस क्षेत्रमा आयो । विभिन्न नामका धेरै वायुसेवा कम्पनीहरु खुले । तर तिनीहरु दीगोरुपमा रहिरहन सकेनन् । जस्तो कि नेकोन एयर, नेपाल एयर, गोर्खा एयरवेयज, कस्मिक एयर लगायतका धेरै कम्पनीहरु खुले र बन्द पनि भए । नेपालका अधिकांश वायुसेवा कम्पनीहरु दिगो हुन सकेनन् । यसरी हेर्दा दुर्गमतिर सेवा दिने कम्पनीहरु दिगो हुन नसकेको देखिन्छ । यसमा लागत धेरै हुन्छ । जुन कम्पनीले जान्नै सक्दैन । यसरी दुर्गम क्षेत्रमा सेवा दिने कम्पनीलाई सरकारले सुविधा दिनुपर्ने हुन्छ ।
निजी क्षेत्रहरुका हवाई कम्पनीहरुलाई दिगोपनाका लगि सरकारले धेरै खालको सहुलियत तथा प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर नेपाल सरकारले त्यस्ता प्रोत्पाहनयुक्त कार्यक्रमहरु ल्याएको छैन । विदेशतिर आन्तरिक वायुसेवालाई कसरी प्रोटेक्ट गर्ने भनेर कार्ययोजना नै बनाएका हुन्छन् ।
पर्याप्त मात्रमा विमानस्थल हुदा पनि दुर्गम क्षेत्रमा किन विमान कम्पनीहरुले नियमति उडान गरिरहेका छैनन् ?
हाम्रो मूख्य चासो भनेको दुर्गम क्षेत्रका साना विमानस्थलहरुमा नियमित उडान गराउनु नै हो । दुर्गम क्षेत्रका विमानस्थलहरुमा साना जहाजहरु उडाउनुपर्ने हुन्छ । यसरी साना जहाजहरु उडाउँदा लागत धेरै लाग्ने गर्दछ । कम्पनीहरुले त्यो खर्च धान्नै सक्दैनन । त्यस्तै हाम्रा विमान कम्पनीहरुसँग दुर्गम क्षेत्रमा उडान गर्ने जहाज नै पर्याप्त छैनन् । सीता एयरका तीनवटा जहाजमा दुईवटा मात्र चालु छन् । त्यस्तै समित एयरका चार वटा जहाजमा तीन वटा मात्रै चालु छन् । नेपाल एयरलाइन्सको दुईवटा जहाजमा एउटा मात्र चालु छ । त्यसैगरी तार एयरको तीनवटा जहाज चालु छन् । यसरी हेर्दा दुर्गम क्षेत्रमा चल्ने जहाज भनेको ९ वटा मात्र छन् । त्यसैले दुर्गम क्षेत्रमा नियमित उडान गर्नका लागि सरकारले धेरै किसिमका प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्छ भने कम्पनीहरुले पनि जहाज संख्या बढाउनुपर्ने हुन्छ ।
अहिले नेपालमा ४१ वटा साना विमानस्थलहरु छन् । जसमा १३ वटा घाँसे ग्रभेल रनवेहरु रहेका छन् । यसमध्ये ३ वटा विमानस्थलमा विमान चल्न सक्दैनन । यिनीहरुलाई विमानस्थलमा सूचिकृत मात्र गरिएको छ । त्यस्तै १० वटा विमानस्थलहरुमा सामान्य पूर्वाधार भएतापनि विमानहरु चल्न सक्दैनन । २८ विमानस्थल कालोपत्र भएका छन् । त्यसमा पनि १८ वटा विमानस्थलहरुमा मात्रै नियमित उडान अवतरण हुन्छन् । बाँकी १० वटा विमानस्थलमा पर्याप्त जहाजहरु नहुँदा नियमित उडान अवतरण हुदैन ।
व्यवसायीहरुलाई जहाज थप्नका लागि प्रोत्साहन गर्न नेपाल नागरिक उड्डयान प्राधिकरणले केही भूमिका खेल्न सक्दैन ?
लगानी गरेपछि त्यसको प्रतिफल जसले पनि चाहन्छ । यो सामान्य कुरा हो । निजी क्षेत्रले साना जहाजमा लगानी गर्दा त्यसले प्रतिफल कम दिन्छ । त्यसमा पनि दुर्गम क्षेत्रमा उडान गर्दा त घाटा नै हुन्छ । यसरी घाटा खाएर त कसैले व्यापार गर्न चाहदैन । यसमा सरकारी स्तरबाट नै पहल हुनुपर्छ । नेपाल वायुसेवा निगम विभिन्न किसिमका सेवा सुविधा तथा सहुलित दिएर उडान गर्न प्रोत्साहन गर्नुपर्छ । यसका लागि सरकारले जहाज किन्ने वातावरण बनाइदिनुपर्छ । यसमा पर्यटनमन्त्री कडाइका साथ लाग्नुभएको छ । केही समय अगाडि पर्यटनमन्त्रीले प्रदेश सरकारले जाहज किनेर दुर्गम क्षेत्रमा उडान गर्नुपर्छ भन्नुभएको थियो । यो एकदमै राम्रो मोडल जस्तो लाग्छ मलाई । यदि यसरी काम गर्न सकिएको खण्डमा दुर्गम क्षेत्रमा नियमित उडान गर्न सकिन्छ । नागरिक उड्डयान प्राधिकरण भनेको त सेवा दिने संस्था हो । यदि दुर्गम क्षेत्रमा जहाज चलेमा हामी २४ सै घण्टा सेवा दिन तयार छौं ।
हवाई जहाजबाट छिटो यात्रा हुनेभएपनि कहिलेकाँही उचित व्यवस्थापन नहुदा यात्रुहरुले सास्ति भोग्नु परेको छ । यसलाई नेपाल नागरिक उड्डयान प्राधिकरणले कसरी व्यस्थापन गर्छ ?
हामी जहिले पनि छिटो छरितो र स्तरीय सेवा दिन तत्पर छौं । कहिले काँही देशका प्रमुखहरु आवत जावत गर्दा जहाज होल्ड गर्नुपर्ने भएकाले केही समय यात्रुहरुलाई रोक्नुपर्ने हुन्छ । देशका प्रमुखहरु अपौचारिक रुपमा कुनै भ्रमणमा जाँदा राष्ट्रिय सम्मानकासाथ जानुपर्छ र आउनुपर्छ । राष्ट्रिय सम्मान लिनुपर्ने जो व्यक्ति छन् निर्वाधरुपमा जान पाउनुपर्छ कुनै वाधा अवरोधविना जान पाउनुपर्ने भन्ने कानुनी व्यवस्था छ । विदेशतिर ठूला विमानस्थलहरु हुदा त्यसको क्षेत्र छुट्टै बनाइएको हुन्छ । त्यहाँ कुनै समस्या हुदैन् । तर हाम्रो विमास्थल सानो छ । त्यसमा सबै कुराहरु एडजस्ट गर्नुपर्ने भएकाले देशका प्रमुहरु आउनु भन्दा १५ मिनेट अगाडी र जानुभन्दा १५ मिनेट पछाडी विमानस्थल बन्द गरिन्छ । यसलाई हामीले सामान्य रुपमा लिनुपर्छ । अर्को भनको मौसमको कारण नियमित उडान अवतरण नहुदा यात्रुहरुलाई सास्ती पर्ने गर्छ । सबैभन्दा मुख्य भनेको चाडपर्वको समयमा ट्राफिक व्यवस्थापनमा केही चुनौतीहरु थपिन्छ । यसमा हामी हरसम्भव सहजिकरणको भूमिका खेलिरहेका हुन्छौं ।
ईयूको ब्ल्याकलिस्टबाट हट्ने अवस्था के छ ?
युरोपियनहरुको मुख्य चासो भनेकै उडड्यन सूरक्षा हो । सुरक्षाका सन्दर्भमा हाम्रो नेटवर्क भनेकै अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन नै हो । अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन प्राधिकरले नेपालको सुरक्षा स्थितिको अध्ययन २४ सै घन्टा अध्यावदिक गरेर राख्छ । नेपालको हवाई सुरक्षा स्थिति, अवस्था के भनेर वेवसाईडमा अपडेट गरेर राखेको छ । यसका आधारमा अन्य देश लगायत संस्थाहरुले धारणा बनाउने हुन् । हामी त्यस क्षेत्रसंग उत्तरदायी र जवाफदेही छौ । ईयुपनि त्यसप्रति उत्तरदायी र जवाफदेही संस्था हो । ईयुले आफ्ना लागि हवाई सुरक्षा क्षेत्रको चासो व्यक्त गर् यो होला त्यो चासोको लागि सम्बोधन गर्न हामी तयार छौ । उहाँहरुसंग सम्बादमा छौ । उहाँहरुले मागेका सूचना बुझाइरहेका छौ ।नेपालमा प्रयोग गरिने जहाज लगायत उनीहरुले प्रयोग गर्ने उपकरणहरु जे जति छन्, त्यसमा ९९ प्रतिशत युरोपका प्रोडक्टहरु छन् । त्यस्तै मर्मत संभारमा आउने इन्जिनियरहरु पनि युरोपकै हुन्छन् । जहाज पनि युरोपबाट नै ल्याइन्छ । पाइलट पनि उतैबाट आउँछन् । भने पछि सबै कुरा युरोपबाट नै आउँछ भने हामीलाई कि व्ल्याक लिस्टेड गरेको यो बुझिनसक्नु छ । गरिब देश भनेर हेपेको हो कि भन्ने भान हुन थालेको छ, हामीलाई । यदि यस्तै गरिरहने हो भने हामी युरोपको प्रोडक्ट केही पनि प्रयोग गर्दैर्नौ पनि भनिरहेका छौं । हामीले अन्तर्राष्ट्रिय मान्यता पालना गरेका छौं र, हवाई सुरक्षामा हामी पूर्ण सचेत छौं ।
विमानस्थलमा जहाज मर्मतको लागि ह्याङ्गरको कमीका कारण जहाज मर्मत गर्न समस्या भयो भन्ने जहाज कम्पनीहरुले गरेका छन् । यसमा क्यानको धारणा के छ ?
हामीले ह्याङ्गर बनाउने ठाउँ उपलब्ध गराउने हो । त्यसमा हामीले ह्याङ्गर बनाउने ठाउँ मात्र होइन, त्यहाँसम्म जहाज जनसक्ने पूर्वाधारको विकास पनि गर्दछौ । ह्याङ्गर बनाउने काम भनेको जहाज कम्पनीको हो । अहिले त्रिभुवन विमानस्थलमा नेपाल एयरलाइन्सको ह्याङगर, आर्मीको ह्याङ्गर, बुद्ध एयरको ह्याङ्गरहरु छन् । अहिले नेपाल नागरिक उड्डयान प्राधिकरणले ह्याङ्गर जोन भनेर निर्माण गरिरहेको छ । ह्याङ्गर बनाउनका लागि पूर्वाधार बनाइदिने काम हामीले गर्दैछौं । साना जहाजका लागि नेपालगन्जमा ह्याङ्गर छ भने ठूला जहाजका लागि पोखरमा ह्याङ्गर छ ।