२०८३ भाद्र २८ आइतबार

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन पश्चात प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने अवस्था आयो’

ई आर्थिक    मंगलबार, पौस १६ २०८१
16.7K
Shares
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन पश्चात प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने अवस्था आयो’

वरिष्ठ उपाध्यक्ष खेमराज आचार्य

नेपाल हवाई खेलकुद संस्था (ना)

प्याराग्लाईडिङ सञ्चालन गर्ने कम्पनीहरुको समग्र अवस्था कस्तो छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पछि समग्र प्याराग्लाइडिङ क्षेत्र प्रभावित भएका छन् । प्याराग्लाईडिङ विमानस्थल सञ्चालन पश्चात पूर्ववत पहिलाको साराङकोट एरीयाभन्दा अलिकति पश्चिम तर्फ गएको अवस्था छ । पहिला साराङकोटबाट उडान हुदा दैनिक हजारदेखि १२ सय सम्म मान्छेले उडान गर्दथे भने अहिले ५० देखि सय जना जतिले मात्र उड्ने अवस्था रहेको छ । यो एकदमै नाजुक अवस्थामा रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रमा प्रभावित पार्दा यो पेशा नै संकटग्रस्त अवस्थामा पुगेको छ ।

कसरी प्याराग्लाइडिङ क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ र बढी भन्दा बढी मान्छेको आवागमन बढाउन सकिन्छ भनेर नेपाल नागरिक उड्डयान प्राधिकरण पनि सकारात्मक रुपमा लागेको छ । टेकअप र ल्यान्डिङको विषयमा २०७६ सालमा पर्यटन मन्त्री योगेश भट्टराई हुदा एउटा कार्यदल बनेको थियो । युरोपतिर एयरपोर्ट नजिकै प्याराग्लाइडिङ सञ्चालन भैरहेको अवस्थामा जस्तै पोरखामा एयरपोर्ट सञ्चाल पछि कसरी प्याराग्लाईडिङ सञ्चालन र व्यवस्थापन गर्दै साराङकोटको प्याराग्लाईडिङ जोगाउन सकिन्छ भनेर कार्यदल बनेको थियो । यसमा नेपाल नागरिक उड्डयान प्राधिकरणको प्रतिनिधि, नेपाल हवाई खेलुकद संस्थाको प्रतिनिधि रहेका थिए । उहाँहरुले न्युजिल्यान्ड लगायत युरोपका विभिन्न स्थानहरुमा अवलोकन, स्थलगत अध्ययन गरेर त्यँहाको जस्तै विधि र प्रविधी प्रयोग गरेर यस क्षेत्रमा त्यहि प्रविधिहरु उपयोग गरे फेरि पनि विमानस्थल संगै साराङकोटबाट प्याराग्लाईडिङ गराउन सकिन्छ भन्ने विकल्प आएको थियो ।

यही विकल्पलाई आधार मान्दै हामीले त्यहाँको जस्तै प्रविधि टु बे रेडियो कम्युनिकेशन, जिपिएस् ट्रयाकर पूर्ण रुपमा प्याराग्लाईडिङ कन्ट्रोलर मार्फत एयर रुटहरुमा नियन्त्रण र कमाण्डिङ  भैसकेपछि अब हामी साराङकोट आउने विधि र प्रविधिबाट एकदमै तयारी अवस्थामा छौ क्यान पनि यसमा सकारात्मक अवस्थामा रहेको छ । यसमा निरन्तर प्रयासहरु भैरहेका छन् ।

नेपालमा प्याराग्लाईडिङ कुन कुन स्थानमा सञ्चालित छन् ?

प्याराग्लाईडिङको हव भनेको पोखरा हो । पोखरा बाहेक नेपाल बाहिर सन् २००८मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको फुलचोकीमा उद्घाटन गर्नुभएको थियो । तनँहुको बन्दिपुरमा सञ्चालित भएको थियो । पाल्पा, चितवन, लगायत नेपालका धेरै डाँडाबाट प्याराग्लाईडिङ सञ्चालन भएतापनि पोखरा बाहेकका अन्य स्थानमा कम्पनीहरु सञ्चालनमा आएर पनि बन्द भएको अवस्था छन् । धेरै ठाँउमा कम्पनीहरु खुलेर पनि बन्द हुने अवस्था रहेका छन् । सञ्चानल हुन सक्ने अवस्था छैन् । प्राविधिक तथा व्यापारिक अवस्थाको कारणले पनि अन्य स्थानमा यसको राम्रो बजारिकरण हुन सकेको छैन्। प्याराग्लाईडिङ उडान अन्त नियमित सुरक्षाका कारण पनि नियमित र बजारिकरणका पक्षका कारणबाट नियमित उडान हुने सक्ने अवस्था रहेको तथा परिस्थिति छैन् ।

नेपालमा प्याराग्लाईडिङ सेवा दिने कम्पनी कति छन् ? सेवा दिइरहेका प्याराग्लाईडिङ कति छन् ?

नेपालमा प्याराग्लाईडिङका कम्पनीहरु ८१ रहेका छन् । त्यसमध्ये पोखरामा ६१ कम्पनीहरु सञ्चालित छन् । पछिल्लो अवस्थामा प्याराग्लाईडिङमा अपरेशन धान्ने अवस्था छैन् । भएका ४ सय पाइलटहरु मध्ये २ सय जति पाइलटहरु यो पेशाबाट पलायन हुनेभएका छन् । केही बाहिर जाने तयारी गरिरहेका छन् भने कोही अन्य पेशा व्यवसायमा लागका छन् । अहिले ५१ प्याराग्लाईडिङहरुले सेवा दिरहेका छन् ।

एउटा प्याराग्लाईडिङ कम्पनी सञ्चालन गर्न कति लगानी गर्नुपर्छ ?

प्याराग्लाईडिङ कम्पनी सञ्चालन गर्न लगानी थुपै लाग्छ । १ करोड पूँजी भएपछि सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । प्याराग्लाईडिङ सञ्चालनमा प्रविधिदेखि अफिस सेटअप कर्मचारी  देखि अन्य आवश्यक व्यवस्थापन गर्न धेरै पुँजी लागानी गर्नुपर्छ । यस क्षेत्रमा ५० करोड माथिको लागानी रहेको छ । यस क्षेत्रमा देशव्यापी रुपमा हेर्दा खर्बौको लगानी रहेको छ ।

यस क्षेत्रले राजस्वमा कति योगदान दिएको छ ?

पहिलाको समयमा हामीले सरकारलाई धेरै राजस्व दिएको कारण बेस्ट ट्याक्स अवार्ड पनि पाएका थियौ । अहिले प्याराग्लाईडिङमा उड्ने मान्छे पनि छैनन् । यसबाट राम्रो व्यवसाय गर्न सक्ने अवस्था छैन । अहिले उडान राम्रै छैन पहिला दैनिक हजार देखि १२ सय जनाले प्याराग्लाईडिङ उडान गर्दा अहिले महिनामा त्यति मान्छेहरु उडन् सक्ने अवस्था छैन् । सरकारलाई राजस्व बुझाउने नाजुक अवस्था छ । व्यापार व्यवसाय हुने अवस्था छैन । सोलो उडान हुदा पोखरा एयरपोर्टले वार्षिक ८० लाख सम्म पनि राजस्व लिएको थियो । अहिले सोलो उडान पनि बन्द छ भने कमर्सियल उडान पनि नाजुक अवस्था रहेको छ ।

प्याराग्लाईडिङमा पाईलट हुने प्रावधान कस्तो छ ?

प्याराग्लाईडिङमा पाईलट उडानको लागि एसइइ पछि कोर्स गर्नुपर्छ । कोर्सगरेपछि उहाँहरुले दुईवर्ष पछि हजार घन्टा आकाशमा उडेपछि प्याराग्लाईडिङ पाइलटका लागि टी वान, टी टुको लाईसेन्स लागि क्यानले तोकेको परिक्षाहरुपास पास भएपछि उहाँहरु कमरसियल रुपमा पाइलटका रुपमा योग्य हुन्छन् ।

प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी कति जनालाई दिइरहेको छ ?

प्याराग्लाईडिङ क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी टेकअफ, ल्यान्डिङ, अफिस गाइड टेक्निकल टिम लगायत यस क्षेत्रमा ३ हजार माथि जनशक्तिहरु आवद्ध रहेका छन् । यस क्षेत्रको उद्योग ठुलो छ ।

नेपालमा प्याराग्लाईडिङको सम्भावना कस्तो छ ?

नेपालमा १९९३ मा प्याराग्लाईडिङ सम्भाव्यता अध्ययन भएको थियो । सन् १९९६ मा बेलायतका नागरिक एडम चाल्र्स हिल र उनको नेपाली साथी बिरु बम्जनले नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी “सनराईज प्याराग्लाइडिङ कम्पनी” सुरु गरेका थिए। सन् २००० मा नेपाल नागरिक उड्डयन प्राधिकरणले यस क्षेत्रलाई आधिकारिक रुपमा अनुमति प्रदान गर्‍यो। विशेष रुपमा विदेशहरुमा एकदमै रोजाईमा यो क्षेत्र पर्छ । नेपाल प्याराग्लाईडिङ रोजाईमा विश्वको एक देखि तिन नम्बरमा नेपालको लोकेशनहरु पर्छन् । नेपालको हवापानी, सूरक्षाका दृष्टिकोणबाट राम्रो मानिन्छ यसैकारण सुरुमा विदेशीहरु आएर सम्भाव्यता अध्ययन गरि प्याराग्लाईडिङ क्षेत्र खुलेका थिए। सरकारले यस्लाई राम्रो तरिकाबाट चलाइदिन प्रयत्न गरे यो क्षेत्रले सफल बन्न सक्थ्यो । भर्खरै छिमेकी मूलुक भारतमा प्याराग्लाईडिङको खेलहरु हुदा भारतका मूख्य मन्त्री सक्रिय भूमिका लिदै प्रोत्साहन गर्नुभएको थियो ।

राज्यले थोरै मात्रामा यस क्षेत्रलाई साथ र सहयोग दिएमा विश्वमा हाम्रो प्याराग्लाईडिङ क्षेत्रलाई परिचित बनाउन सक्थ्यौ । सन् २०१८ दक्षिण एसियाली खेलकुदमा पनि पदक जितेका थियौ । राज्यबाट अझै चासो र अझै साथ दिएमा यस क्षेत्रलाई माथि उठाउने सम्भावना छ ।
पर्यटनको मुख्य दुई विद्या हुन्छ एउटा ट्रेकिङ र अर्को टुर । ट्रेकिङ भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण गरि सम्बन्धित वेस क्याम्पको विमानस्थलमा पुगेपछि ट्रेकिङ सुरु हुन्छ । टुरको कुरा गर्दा काठमाडौंका विश्व सम्पदा स्थलहरु घुम्ने, नगरकोट गएर सनराइज हेर्ने चितवन गएर हात्ती चढेर गैडा हेर्ने लुम्विनी गएर गौतमबुद्ध जन्मस्थल हेर्ने र पोखरा गएर साराङकोटबाट प्याराग्लाईडिङ गर्ने मान्यता स्थापित छ । यसको महत्व पर्यटन क्षेत्रदेखि सबै विद्यामा छ भन्ने स्थापित छ । थुर्पै विदेशी नागरिकहरु प्याराग्लाईडिङ गर्नमात्रै पोखरा आउने प्रचलन पनि रहेको छ । प्याराग्लाईडिङ क्षेत्रले हेरक व्यापार व्यवसायमा प्रर्वद्धन गर्न सहयोग र भूमिका खेलेको छ । समग्र पर्यटनमा यसले टेवा पु¥याएको छ ।

प्याराग्लाईडिङ व्यवसायीहरुको भविष्य के कस्तो होला ?

प्याराग्लाईडिङ व्यवसायीहरुको भविष्य साराङकोटमा रहेको छ । साराङकोटमा हुन्छ भन्नेमा हामी विश्वास छौ । अध्ययन दिएअनुरुप विधि प्रविधिलाई प्रयोग गर्दै उडान गर्न ठिक्क अवस्थामा रहेका छौ । हामीले अनुमति पाएका छौ सुपरभिजन भएपछि फेरि आउछौ होला । यसमा कमव्याक गर्न सकिन भने ढिलो चाँडो यो व्यवसाय यो नेपालबाट विस्थापित र पलायन हुनपर्ने अवस्था आउँछ ।

प्याराग्लाईडिङको हव पर्यटकीय नगरी पोखरामा नै प्रचलित छ । नेपालका सबै डाँडाँहरुबाट उडान गर्न मिल्छ तर मौसमी अवस्था, सुरक्षाका दृश्टिकोण जस्ता कारणले पोखरा नै उपयुक्त रहेको छ । पोखराबाहेक अन्य स्थानमा खुलेका प्याराग्लाईडिङ कम्पनीहरुको दिगोपन हुन नसक्नु सबै ठाँउमा खुल्दै बन्द हुने अवस्था परिस्थितिले मध्यजनर गर्दा अन्त यो चल्ने अवस्था देखिदैन् ।

यो क्षेत्रको विकास गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारको भूमिका कस्तो रहला ?

प्याराग्लाईडिङ क्षेत्रलाई स्थायित्व बनाउन क्यानको भूमिका महत्वपूर्ण हुन्छ । क्यानले पोखरमा एयरपोर्ट सञ्चालन संगै प्याराग्लाईडिङको व्यवस्थापन कसरी गर्ने विषयमा क्यानको नेतृत्व जिम्मेवारपूर्ण तथा संवेदनशिल ढङ्गबाट जोगाउन कुरा भएको छ । क्यानले छिट्टैनै विधि प्रविधि प्रयोग गर्दै एयरपोर्ट र प्याराजम्प तथा प्याराग्लाईडिङ चल्ने खालको समाधान निकालिसेकको छ । यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर फेरि पुन साराङकोटमा प्याराग्लाईडिङलाई अगाडी बढ्ने विश्वास हामीले लिएका छौ । हाम्रो अपेक्षा पनि त्यही छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij