अनुसन्धानका लागि रवि लामिछानेलाई थप चार दिन हिरासतमै राखिने
ई–आर्थिक, कास्की । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका लागि रवि लामिछानेलाई थप चारदिन हिरासतमा राखिने भएको छ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा पेश गरेको थियो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै आज अदालतमा उपस्थित गराइएको थियो ।
लामिछानेविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले रास्वापा सभापति रवि लामिछाने विरुद्ध तीन कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
हिजो सहकारी ठगी एवम् …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed