ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ ।
महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।
सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्याएको भन्दै उहाँको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।
सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो ।