२०८३ साउन १२ मंगलबार

आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य

ई आर्थिक    बुधबार, मंसिर २६ २०८१
4.9K
Shares
आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य

ई-आर्थिक, काठमाडौं ।   आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ । नवौं संस्करणको आइसिटी अवार्डका लागि दुबै संस्थाबीच सहकार्य सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो सहकार्यसँगै आइसिटी अवार्ड २०२४ मा फोर्टिनेट सेक्युरिटी पार्टनरको रूपमा रहने छ ।

नेपालको प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गर्न उत्साहित भएको र यसले आइसिटी इकोसिस्टमलाई अझै बलियो बनाउन सहयोग गर्ने फोर्टिनेट नेपाल प्रमुख सबिन उपाध्यायले बताए ।

२० वर्ष अगाडि स्थापना भएको फोर्टिनेट ग्लोबल साइबर सेक्युरिटी कम्पनी हो, जसले नेपालमा समेत सेवा प्रदान गरिरहेको छ ।

८ लाख बढी ग्राहकलाई सेवा दिइरहेको कम्पनीसँग १ हजार ३७१ ग्लोबल प्याटेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij