२०८३ साउन ११ सोमबार

कर्णाली विकास बैंकको पुरानो व्यवस्थापनले बढाएको निष्क्रिय कर्जा घटाउदै नयाँ व्यवस्थापन, नियमित बैंकिङ कारोबार जारी

ई आर्थिक    मंगलबार, मंसिर २५ २०८१
10.6K
Shares
कर्णाली विकास बैंकको पुरानो व्यवस्थापनले बढाएको निष्क्रिय कर्जा घटाउदै नयाँ व्यवस्थापन, नियमित बैंकिङ कारोबार जारी

ई–आर्थिक, काठमाडौं । कर्णाली विकास बैंकको पुरानो व्यवस्थापनले बढाएको निष्कृय कर्जा नयाँ व्यवस्थापनले घटाउदै लगेको छ । पुरानो व्यवस्थापनले गरेको असावधानीले बढाएको निष्कृय कर्जा क्रमशः घटाउदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहले बताएका हुन् ।
‘केही समयपछि यस्तो कर्जा घटाएर पुरै सुन्यमै झार्ने तरिकाबाट हामीले काम गरिरहेका छौं ।’ प्रमुख कार्यकारी अधिकृत शाहले भने– ‘बैंकलाई केही समयभित्रै नर्मल अवस्थामा सञ्चालन हुने वातावरण बनाउछौं ।’

‘नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पूँजी कोष अनुपात क्रमशः ५२.५९ प्रतिशत देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पूँजी कोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको छ । त्यस्तै, आर्थिक बर्ष २०७९/८० देखि २०८०/८१ मा बैंकले निष्कृय कर्जा क्रमशः ५९.३९प्रतिशतबाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको हो । कर्जा निक्षेप अनुपात आर्थिक वर्ष २०७९/८० मा ६६.१३ प्रतिशत रहेको मा २०८०/८१ म ५५.०२ प्रतिशत मात्र रहेको छ । तरलसम्पत्ति/कुल निक्षेप अनुपात आर्थिक वर्ष २०७९/८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८०/८१ मा ३९.१० प्रतिशत कायम राखेको छ । जसले तरलता व्यवस्थापनमा कर्णाली डेभेलपमेण्ट बैक लि. को सक्रियताका साथै निक्षेपकर्ताहरुका रकमहरुको सुरक्षामा उच्च प्राथमिकता रहेको कुरा दर्साउँछ’, प्रमुख कार्यकारी अधिकृत शाह भन्छन्– ‘‘हाल आर्थिक गतिविधिमा सुधार आएसंगै २०८१ आषाढ मसान्त सम्ममा निष्कृय वर्गमा रहेका कर्जाहरु २०८१ को असोज मसान्त सम्ममा असुल उपरभै निष्कृय कर्जा २९.४९ प्रतिशत कायम राख्न सफल भैसकेको छ । अन्य निष्कृय कर्जाहरुकेही निकट भविष्यमा नै असुल उपर हुने प्रक्रियामा रहेको हुँदा छोटो अवधिमा नै सुधार गरी कारवाही फुकुवा प्रक्रियामा जाने व्यहोरा सबैमा जानकारी गराउँदछौं ।

बैंकले विज्ञप्तीमा भनेको छ– ‘नेपाल लगायत विश्वभरी फैलिएको कोभिड १९ महामारीको पहिलो तथा दोस्रो लहर र महामारी पछिको असरका कारण सृजित आर्थिक मन्दीका कारण आर्थिक गतिविधि शिथिल भएका कारण देशभरीका बैंक तथा वित्तिय संस्थाहरुको कर्जा असुली प्रक्रियामा प्रतिकुल प्रभाव परेको त सर्वविदितै छ । सो सम्बन्धमा यस बैंकबाट कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दा समेत आर्थिक मन्दी, घर, जग्गा कारोबारमा आएको मन्दी अवान्छित कार्य गर्ने समुहको अवरोध आदिका कारण केही कर्जा असुली हुन नसकेकोले निष्कृय कर्जा बढेका कारण नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तिय संस्थाको शिघ्रसुधारात्मक कार्यवाही सम्बन्धी विनियमावली २०७४ बमोजिम निष्कृय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सिमाभित्र रही कारोबार गर्ने गरी शिघ्र सुधारका लागि कारवाही गरिएको हुँदा यस बैंकको कारोबारमा रोक्न लगाईएको र बैंकको कर्जा असुली लगायत नियमित बैंकिङ कारोबार भई रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।’

उक्त कारवाहीले यस बैंकका ग्राहकहरुको नियमित बैंकिन काम कारवाहीमा असर नगर्ने, निर्वाध कारोबार गर्न सक्ने र बैंकको सिडि रेसियो समेत कम्फर्टेबल रहेको हुँदा भुक्तानीमा कुनै समस्या नरहेको व्यहोरा जानकारी गराउदै यस्ता भ्रम पुर्ण अति रंजित समाचारको भ्रममा नपर्नु हुन र विस्तृत जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा अध्ययन गर्न हुन पनि बैंकले सादर अनुरोध गरेको छ ।

यस बैंक नेपाल राष्ट्र बैंकको नीति नियमको परिधिभित्र रही कार्य गर्दछ र जारी निर्देशन सदैव पालना गरेर कार्य गर्दछ । नेपाल राष्ट्र बैंकको नीति नियमको परिधिभित्र रहेर बैंक हिडेको हामी सबैमा बैंकले आश्वस्त पारेको छ । ग्राहकहरुको स्नेह, साथ र सहयोगले हामीलाई अझ अगाडी बढ्ने प्रेरणा मिलेको भन्दै कर्णाली डेभलपमेन्ट बैंकले सम्पूर्णमा हार्दिक कृतज्ञता पनि प्रकट गरेको छ ।

यसैबीच गत मंसिर ११ गते नेपाल राष्ट्र बैंकबाट आधिकारिक वेबसाइटमा यस संस्थाका सम्बन्धमा प्रकाशित सूचनालाई केही अनलाइन माध्यमबाट फरक–फरक दृष्टिकोणले तोड मरोड गरी द्वेषपूर्ण ढंगले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेको प्रति बैंकले आपत्ती जनाएको छ । यस्ता गलत, तथ्यहीन र असन्तुलित समाचारको भ्रममा नपर्न बैंकले ग्राहक, शुभचिन्तक र आम जनतामा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij