२०८३ साउन ११ सोमबार

राहदानी विभागबाट नयाँ राहदानी वितरण अझै भएन सुरु, कम्प्युटरमा भाइरस पस्यो २ सातापछि मात्र पासपाेर्ट बन्ने

ई आर्थिक    आइतबार, मंसिर ९ २०८१
2.5K
Shares
राहदानी विभागबाट नयाँ राहदानी वितरण अझै भएन सुरु, कम्प्युटरमा भाइरस पस्यो २ सातापछि मात्र पासपाेर्ट बन्ने

ई-आर्थिक, काठमाडौं ।  राहदानी विभागबाट नयाँ राहदानी वितरण हुन सकेको छैन् ।  विगत दुई दिनदेखि विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि आज पनि  त्रिपुरेश्वरस्थित राहदानी विभागबाट नयाँ राहदानी वितरणको काम ठप्प भएको राहदानी विभागले जनाएको छ ।

राहदानी वितरण ठप्प भएपछि तत्काल राहदानी बनाएर विदेश उड्ने तथा अन्य प्रक्रिया प्रभावित भएको छन् ।

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित बनेका छन् । यसबाट सेवाग्राहीहरुले दु:ख पाएको गुनासो गरेका छन् ।

प्रणालीमा समस्या आएपछि रोकिएकोमा आइतबारदेखि सेवा सुचारु गर्नेगरी तयारी भैरहेको विभागका महानिर्देशक अर्यालले बताएका पनि विभागले आज एक सूचना जारी गर्दै  राहदानी विभागको केही कम्प्युटरमा भाइरस पसेको जनाएको छ ।  । आईतबार राहदानी विभागले  सूचना जारी गर्दै आफ्नाे आवेदन प्रणालीसँग सम्बन्धित केहि कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको जानकारी दिएकाे हो  ।

यसका साथै,भाइरसकाे फैलावट राेक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकाले जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियाेगहरूकाे राहदानी सेवा बन्द गर्नु परेकाे विभागले जनाएकाे छ । उक्त स्थानहरूमा क्रमशः काम सुरू हुने गरी व्यवस्था मिलाइएकाे विभागकाे भनाइ छ । साे समस्या पूर्ण रुपमा समाधान गर्न एक देखि २ सातासम्म लाग्ने पनि विभागले बताएको छ।

राहदानी विभागले केही दिनदेखि सेवा दिन नसकेपछि सेवाग्राहीहरु आक्रोशित बनेका थिए । आइतबार पनि त्रिपुरेश्वस्थित विभागमा सेवाग्राहीहरुकाे काम नभएर उनीहरू आन्दोलनमा उत्रेपछि विभागले आंसिक सेवा सुरु गरेको र पूर्ण रुपमा कार्य प्रारम्भ हुन १ देखि २ सातासम्म लाग्ने जानकारी दिएकाे छ ।

यसअघि नै फारम भर्ने सेवाग्राहीहरूलाई सेवा प्रदान सुरू गरि सकिएकाे र १-२ दिनभित्रमा नयाँ आवेदन फारम भर्नकालागि बुकिङ खुला गरिने बताएकाे छ ।

यसैगरी, विभागले भाइरस देखापरे पनि आवेदकको तथ्यांक पूर्ण रुपमा सुरक्षित रहेको दाबी गरेको छ । ‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ,’ विभागकाे सूचनामा लेखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij