२०८३ साउन ११ सोमबार

आयात र निर्यातमा सामान्य सुधार, निर्यात ४.१६ प्रतिशत बढ्दा आयात ०.१७ प्रतिशतले धेरै

ई आर्थिक    शुक्रबार, मंसिर ७ २०८१
2.1K
Shares
आयात र निर्यातमा सामान्य सुधार, निर्यात ४.१६ प्रतिशत बढ्दा आयात ०.१७ प्रतिशतले धेरै

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको चौमासिक अविधमा आयात र निर्यातमा सुधार देखिएको छ ।  चालु आर्थिक वर्ष २०८१ / ८२ मा आयात र निर्यात दुवैमा सामान्य सुधार देखिएको हो  ।

चार महिनाको अवधिमा  साउन देखि कात्तिक  सम्ममा ५ खर्व १३ अर्व ३८ करोड रुपैँया बराबरको सामान आयात गरिएको छ । गत आर्थिक वर्ष २०८० / ८१ को सोही अवधिमा ५ खर्व १२ अर्व ५० करोड रुपैया बराबरको सामान आयात गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ०.१७ प्रतिशत मात्र धेरै भएको भन्सार विभागले जनाएको छ ।

भंसार विभागका अनुसार  चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ५२ अर्ब ६७ करोड रुपैँया बराबरको वस्तु निर्यात गरिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ५० अर्ब ५६ करोड रुपैया बराबरको वस्तु निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षको  यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो ।

कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ रहेको विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij