२०८३ साउन ११ सोमबार

नेपालमा ओमानी रियाल खरिद बिक्री सुरु, वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सहज

ई आर्थिक    शुक्रबार, मंसिर ७ २०८१
2.6K
Shares
नेपालमा ओमानी रियाल खरिद बिक्री सुरु, वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सहज

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ओमानको रियल  नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ ।

हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij