२०८३ साउन ११ सोमबार

बोटलर्स नेपालले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

ई आर्थिक    बिहिबार, मंसिर ६ २०८१
2.4K
Shares
बोटलर्स नेपालले ५० प्रतिशत नगद लाभांश  वितरण गर्ने

ई-आर्थिक, काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ। बोटलर्स नेपालले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

यहि मङ्सिर ५ गते बसेको बोटलर्स नेपालको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बोटलर्स नेपालको बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुमा लाभांश वितरण हुनेछ।

कम्पनीले गएको आर्थिक वर्षबाट ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १४ हजार ३५० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij