२०८३ साउन १० आइतबार

१ महिनालाई मर्मत गर्न गएको मकालु वाइडवडी तीन महिनापछि नेपाल फर्कियो

ई आर्थिक    सोमबार, मंसिर ३ २०८१
3.5K
Shares
१ महिनालाई मर्मत गर्न गएको मकालु वाइडवडी तीन महिनापछि नेपाल फर्कियो

ई-आर्थिक, काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) तीन महिनापछि नेपाल फर्किएको छ । विमान जहाज मर्मत गर्ने १ महिनालाई इटाली पठाएको विमान आज बिहान नेपा अवतरण गरेको हो । अब  नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।

जहाजको नियमित सी–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij