२०८३ भाद्र ३० मंगलबार

खेलाडीलाई प्रोत्साहन गर्दै गरिमा बैंक, प्रति गोल १ लाख दिने

ई आर्थिक    बुधबार, कार्तिक १४ २०८१
9.6K
Shares
खेलाडीलाई प्रोत्साहन गर्दै गरिमा बैंक, प्रति गोल  १ लाख दिने

ई-आर्थिक, काठमाडौं । गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा  नेपाली टिमले गर्ने प्रति गोल रु. १ लाख पुरस्कार प्रदान गर्ने घोषण गरेको छ ।

गरिमा विकास बैंक लिमिटेडले मिति २०८१ कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने बैंकका  प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले जानकारी दिए ।

बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम  मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij