२०८३ साउन ११ सोमबार

ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

ई आर्थिक    आइतबार, कार्तिक ११ २०८१
1K
Shares
ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

ई-आर्थिक, काठमाडौं । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१\८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij