२०८३ साउन ११ सोमबार

नासाको ‘स्पेसएक्स क्रु–८’ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट पृथ्वीमा फर्कियो

ई आर्थिक    शनिबार, कार्तिक १० २०८१
4.9K
Shares
नासाको ‘स्पेसएक्स क्रु–८’ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट पृथ्वीमा फर्कियो

लस एन्जलस । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।

चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो।

चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्याण्डर ग्रेबेन्किन रहेका छन्।

यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौँ व्यावसायिक ‘क्रु रोटेशन मिसन’ हो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij