ई–आर्थिक, काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप ६ दिन हिरासतमा राखिने भएको छ । कास्की जिल्ला अदालतले म्याद थप गरेसँगै उनी ६ दिन प्रहरी हिरासतमै रहने भएका हुनन् । शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको थियो ।
थप भएको अवधिसम्म लागि कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने जनाएको छ । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ पर्नुभएको हो । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछानेलाई पक्राउ गरिएको थियो ।