२०८३ साउन ११ सोमबार

विपद् व्यवस्थापनमा सरकारको व्यापक आलोचना, सुध्रेला त सरकार ?

ई आर्थिक    सोमबार, असोज १४ २०८१
6.5K
Shares
विपद् व्यवस्थापनमा सरकारको व्यापक आलोचना, सुध्रेला त सरकार ?

झ्याप्ले खोला घटनाका प्रत्यक्षदर्शीको मार्मिक बयान सहित 

ई-आर्थिक, काठमाडौं ।  जलतथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभरका अधिकांश जिल्लाहरुमा बाढी पहिरोको जोखीम रहेको पूर्व जानकारी दिए पनि राज्यका कुनै पनि निकाहरुले यो विपत्तिमा भरपर्दो  तयारी र काम गर्न सकेनन् । विपदको समयमा गरिएको उद्दार कार्य तथा सरकारले गरेको क्रियाकलापबाट नेपाल सकारसंग विपद व्यवस्थापनका संयन्त्र तथा जनशक्तिको अभाव देखियो । विपद्को समयमा सरकारले गरेको क्रियाकलापबाट जनताहरुबाट व्यापक आलोचना भएको छ । आमनागरीकहरुले सरकारको अनुभूति गर्न पाएनन् ।

तीन दिनको अविरल बर्षाले देशैभरी नै प्रभाव पर्‍यो । कमजोर विपद व्यवस्थापनका कारण भौतिक संरचनाको क्षतिमात्र हैन आम नागरिकले जीवन नै गुमाउनु पर्ने अवस्थाको सृजना भएको छ। शहर बजार क्षेत्र डुबानको हुनाको प्रमुख कारण अव्यवस्थित घर निर्माण तथा कमजोर ढल व्यवस्थापन रहेको छ ।

‘यस पटक मौसमविद्हरूले सम्भावित खतराको जानकारी र चेतावनी समय मै दिएका थिए। यसका बाबजुत कुनै पनि तहका सरकारको जिउॅंदो उपस्थिति कहिंकतै देखिएन।  नारायणगढ बुटवल खण्डको सडक अवस्था देख्दा सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन। यो सडक यस पटकको विपतले यस्तो हालत बनाएको होइन । सरकार बिहिनताका कारण वर्षो देखि यही हालतमा छ । विपतको समयमा संयमता त अपनाउ तर शासन सत्तालाई यो हदसम्मको उन्मूक्ति नदिउॅं । सबैतिरबाट खबरदारी गरौं ।’ वरिष्ठ अधिबक्ता भीमअर्जुन आर्चाय आक्रोस पोख्छन् ।

 

झ्याप्ले खोला घटनाका प्रत्यक्षदर्शी  राजन सापकोटाले  पनि  विपद व्यवस्थापनमा सरकार चुकेको भन्दै कडा र तिक्त्तापूर्ण  आलोचना गरेका छन् । उनले  सामाजिक सञ्जाल  फेसबुकमार्फत  कडा र तिक्त्तापूर्ण  आलोचना व्यक्त गरेका हुन् । उनले भनेका छन् -”  झ्याप्ले खोला घटना र राज्यको गैरजिम्मेवारीपन

असार ११ गते ११ गते राती ८ बजेको समयमा डुम्रे मुग्लिनहुदै म पनित्यहाँ आइपुगेको थिए । हामी सबार हायसमा जम्मा एक जना सानू बच्चा सहित ११ जना थियौ  । झ्याप्ले खोला कटे पछि हायसका सहयोगी कर्मचारीले गाडीलाइ नेपाली सेनाको ठुलो गाडीको पछिपछि लगाउन लगाई पिपलमोडमा आए पश्चात् सेनाको गाडी भन्दा हामी अगाडी बड्यौ । सो बेला सम्म थानकोट चेकपोष्ट निस्कन अबरोध थिएन । करिब  राती १० बजे समयमा अलि-अलि गर्दै हामी चढेको हायस पिपलमोड र नागढुङ्गा चेकपोस्टको बीच ठुलो भिरमा रोकिनु पर्‍यो।‍ सेनाको गाडी ठुलो भएकोले बाटोमा भएको लेदो पार गरेर जान सक्यो तर म यात्रा गरेको हायस भन्दा अगाडी साना निजी सवारीसाधनले त्यो लेदो पार गर्न नसक्नाले हामी सबै त्यहा रोकियौ ।

१० बजे हायसमा यात्रारत एक बहिनीले नेपाल प्रहरीको हटलाइन नम्बर  ट्राफिक प्रहरीमा फोन गरि बाटोको अबस्थाको बारेमा जानकरी दिनु भयो तर कार्यालयबाट उल्टै हामीले गाडी नचलाउनु भम्दा भन्दै किन चलाएको किन यात्रा गरेको भनी गाली गर्नु भयो । पुन मैले १०० र १०३ मा फोनगरी अबस्था र तुरुन्त गर्न सक्ने कामको बारेमा जानकारी गराए । थानकोट प्रहरी प्रमुखलाई समेत सो बारेमा जानकारी गराइयो । करिब दुई टिफर जति लेदोमाटो बाटोबाट हटाउन सके बाटो सूचारु हुन्छ भनी अनुरोध गर्दा भोली बिहान उज्यालो भएपछि मात्र बाटो क्लिययरको काम हुन्छ भनी प्रहरीबाट जवाफ दिने काम भयो । गृहमन्त्रालयको हटलाईन नम्बर र राष्ट्रिय विपत प्राधिकरणको नम्बरमा बारम्बार फोन गर्दा कुनै रेस्पोन्स भएन । रातिको १२ बज्यो मुसलधारे वर्षाका बीच कमजोर भूबनोटको अजङ्गको पहाडको वीचमा हामी रहेका थियौ । हामी भन्दा सिधा तल गाडीहरुको लामो लाइन हामीले हेर्दै र छोड्दै आएका थियौ ।

उज्यालो छैन, मुसलधारे वर्षा अगाडी पहिरोले बाटो हिड्ने अस्था थिएन । करिब राती २ बजेतिर पहिरो झर्‍यो । हामी सबैको होस हवास उडी सकेको थियो । हामी २-४ जना पुरुष मात्र हो भने हामी पिपलमोडतर्फ भाग्न सकिन्थ्यो होला तर वालवच्चासहितका महिला बृद्धबृद्धाहरु समेतलाई लान सक्ने अबस्था  थिएन । पानी अति ठुलो थियो ।

त्यतिकैमा राती करिब तीन बजे ठुलो आवाज सहित  पहिरो गएको आवाज आयो  हामी आत्तियौ ।सोही क्रममा हामी भन्दा अगाडीको बसमा पहिरोले ढलाएको बिजुलीको पोल आई बज्रियो । पहिरोबाट खसेको  सडकमा अलपत्र परेका एक ड्राइभरले पहिृरोले तल गाडिहरु पुर्यो रे भनी सुनाए सो कुरा र हामी भन्दा अगाडीको अर्को सानो गाडीमा ढुङ्गा लागि शिसा फुटि एक जना घाइते हुनुभयो को कुरा र हाम्रो अबस्था बारेमा १०३ मा पुन फोन गरि अबस्था  भयाबह बनेको बारेमा जानकारी गरायौ । हामी भन्दा २० मिटर जति अगाडी पुन ठुलो पैरो झर्यो । बिहान उज्यालो भयो तर बाटो हिड्न सक्ने अबस्था थिएन केही ब्यक्तिहरु जबरजस्ती हिड्ने प्रयास गर्दे हुनुहुन्थ्यो तर सक्नु भएको थिएन । बिहान ७ बजे मुसलधारे पानीका बीच हामी १२-१४ जनाले पहिरो छिचोली थानकोट आइ पुगियो ।

यसरी रातभरिको त्रासदीका बीचमा बसी सरकारीनिकायहरुसंग समन्वय गर्न खोज्दा सम्बन्धित सरकारी निकायहरुको गैर जिम्मेवारपूर्ण व्यवहारका कारण नागढुङ्गा सडक खुलेन  । करिब दुई टिफर लेदोमाटो सोर्न बेलुकी ८-१० बजेतिर डोजरको प्रयो गरि सफा गरि दिएको भए राती ३ बजे झ्याप्ले खोलाको पहोरोले यति धेरै ठुलो जनधनको क्षति हुन पाउदैन थियो । त्यो लेदो पन्छाउन ठुलो खर्च र समय लाग्ने पनि थिएन । त्यो लेदो पन्छाइ दिएको भए सबै सबारीसाधन काठमाडौ प्रवेस गर्थे । सरकारी संयन्त्रको गैर जिम्मेवार कार्य र व्यवहारको कारण झ्याले खोला घटना घटेको हो ।”

सरकार तथा सरकारी संयन्त्रको आलोचना गर्ने यी दुई प्रतिनिधि पात्रमात्र हुन । विपद् व्यवस्थापनमा सरकारी उदासिनता प्रति अधिकांश सर्वसाधरणहरु आक्रोसित छन् । सरकारको विपद् व्यवस्थापन प्रति सर्वसाधारणहरुको आक्रोसवीच संयम पीडितको आक्रोस कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।  पछिल्लो विपत्तिका बेला उद्धार कार्यमा ‘सरकारका सबैजसो संरचनाहरू पूर्णत: असफल देखिएको’ विपद्‌ व्यवस्थापनसम्बन्धी जानकारहरूले बताएका छन्।

अविरल वर्षाले राज्यको अर्वौको सम्पति क्षति भयो । प्रकृतिक विपतिमा भएको सम्पति फेरी फिर्ता गरौला तर बाढी पहिरोको तान्डवले सयौ संख्यामा आमनगरिको जीवनमा क्षति गर्‍यो यसको क्षतिपूति कसले गर्ने हो । विपतको समयमा आममानिहरु सहयोगको याँचना गर्दै थिए तर राज्य संयन्त्र कमजोरीले संघिय राजधानीमा धेरै जीवन गुम्न गयो । राज्यबाट दु:खमा मलम लगाउने काम हुन सकेन । सरकारको विपद न्यूनीकरण प्रभावकारी देख्न सकिएन । हामीसंग विपदबाट जोगाउने साधन पनि नभएको देखियो । राज्यका जनताले सरकारको अविभावक पाउन सकेनन् । राजनीतिक खिचातानीले अड्किएको देशमा नागरिकलाई विपत्तिमा डोरी तान्न सरकारले कुनै पहलकदमी काम गर्न सकेन् ।

राज्यको केन्द्रीयमात्रै होइन् प्रदेश तथा स्थानीय सरकारबाट पनि विपतमा ददारुकता देखाउन सकेनन् । सिमीत स्रोत साधनबाट सूरक्षा निकाहरुले जीवनमा बाझीराखेर उद्दार गरे पनि हामी संगको प्रविधी तथा  विपद सामाग्रीकोकमी्, विपद् योजना कार्यविधी गतिलो नहुदा धेरै जनधनको क्षति हुन पुग्यो । अनत्यमा राज्य बलियो हुन सुशासन कायम गर्न सरकार होस् वा विभिन्न राजनीतिक दल जनताको मर्मबुझि कार्य गर्न आवश्यक छ । अब ढिला नगरी राहत उद्यार तथा पूननिर्माण जोड दिएर पुन राम्रो छाप बनाउन अडिग हुनुपर्छ । स्थानीय निकाय,प्रदेश र संघिय सरकारले अव फेरी पनि राहातमा झेला नगरेस् । विपद व्यवस्थापनमा आलोचित सरकार राहतमा सुधारीएको अनुभव गर्ने जनताले पाउन्  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij