२०८३ साउन ११ सोमबार

विभिन्न कार्यक्रम गरी तीन साता ‘एनआरएन डे’ मनाउन अपिल (पत्रसहित)

ई आर्थिक    बिहिबार, असोज ३ २०८१
4.5K
Shares
विभिन्न कार्यक्रम गरी तीन साता ‘एनआरएन डे’ मनाउन अपिल (पत्रसहित)

ई–आर्थिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विभिन्न कार्यक्रम गरी स्थापना दिवस (एनआरएन डे) मनाउन अपिल गरेको छ । अपिलमा एनआरएनए डे तीन साता मनाउन भनिएको छ ।

राष्ट्रिय समन्वय परिषद् (एनसीसी) भएका देशहरुमा अक्टोबर महिनाको पहिलो सातादेखि तेस्रो सातासम्म एनआरएन डे भव्य रुपमा मनाउन बुधबार अपिल जारी गरिएको हो । अध्यक्ष बद्री केसी, गैर आवासीय नेपाली दिवस २०२४ का संयोजक तथा उपाध्यक्ष हेमराज शर्मा र महासचिव गौरीराज जोशीले जारी संयुक्त अपिलमा अन्तरक्रिया, परोपकारी काम, जनचेतनामूलक कार्यक्रम, कार्यशाला, पशुपति तथा स्वयंभूमा पूजा लगायतका गतिविधि गर्न आह्वान गरिएको छ ।

संघले गैरआवासीय नेपालीहरूको समन्वय र एकता प्रवर्द्धन गर्ने विभिन्न कार्यशाला आयोजना गर्न राष्ट्रिय समितिहरूलाई अनुरोध गरेको छ । यस वर्ष ११ अक्टोबरका दिन नवरात्रि अन्तर्गत नवमी पर्व परेकाले सो दिन स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा पूजाआजाको कार्यक्रम तय गरिएको अपिलमा उल्लेख छ ।

संघले एनआरएनए डे को अवसरमा आगामी २७ र २८ अक्टोबरमा काठमाडौंमा हुने विशेष कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन संघका प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिषदका पदाधिकारीहरूलाई आग्रहसमेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij