२०८३ साउन १२ मंगलबार

आजदेखि खुल्यो धरहरा, दैनिक ५०० मा ४०० जनालाई निःशुल्क चढ्न दिइने

ई आर्थिक    बुधबार, असोज २ २०८१
7.6K
Shares
आजदेखि खुल्यो धरहरा, दैनिक ५०० मा ४०० जनालाई निःशुल्क चढ्न दिइने

ई–आर्थिक, काठमाडौं । सरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा आज ३ गते संविधान दिवसको दिनदेखि सञ्चालनमा ल्याएको छ । निर्माण पूर्णरुपमा सम्पन्न नभई आजदेखि नै हतारमा सञ्चालनमा ल्याउन लागिएको महानगरपालिका स्रोतले आरोप लगाएको छ । यद्यपी धरहरा चढ्नेको भीड लागेको छ ।

यसको सञ्चालनको जिम्मा महानगरबाट खोसेर यसअघि नै बसेको मन्त्रिपरिषद्को बैंठको सहरी विकास मन्त्रालयलाई दिइएको छ । गएको बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो ।

सरकारले गरेको यस्तो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ । महानगर प्रमुख बालेन शाहसँगको प्रधानमन्त्री के.पी. ओलीसँगै केही समयदेखि पर्दै आएको टकरावको परिणामको रुपमा यसलाई लिइएको छ ।

धराहरामा दैनिक ५०० जनालाई चढ्न दिइने छ । ४०० जनालाई भने अनलाइन बुकिङमार्फत टाइम लिएर निःशुल्क चढ्न दिइनेछ । त्यस्तै बुढाबुढी र फरक क्षमता भएका सुरुका १०० जनालाई धरहरा परिसरमै पासको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij