२०८३ साउन १२ मंगलबार

सुन तस्करी प्रकरणमा क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत चिनियाँ नागरिक टेरेन्स पक्राउ

ई आर्थिक    बिहिबार, भाद्र २७ २०८१
9.1K
Shares
सुन तस्करी प्रकरणमा क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत चिनियाँ नागरिक टेरेन्स पक्राउ

ई–आर्थिक, काठमाडौं । साठी केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेको छ । छाया सेन्टरमा रहेको क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत टेरेन्सलाई मङ्गलबार पक्राउ गरिएको ब्युरोका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

टेरेन्सलाई मङ्गलबारै अदालत उपस्थित गराइएको र अदालतमा बयान सुरु भएको ब्युरो प्रमुख थापाले जानकारी दिनुभयो । सिआइबीको अनुसन्धानमा टेरेन्स सुन तस्करीमा अन्य चिनियाँ तस्कर समूहसँग र ६० केजी सुन तस्करी प्रकरणका मुख्य आरोपित याओ पुचिङसँग नियमित रूपमा सम्पर्कमा देखिएको र क्यासिनोमा आउजाउ गरेको भेटिएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले पनि टेरेन्सविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सिआइबीले गरेको अनुसन्धानका क्रममा अधिकृतहरूले क्यासिनोको सिसिटिभी फुटेज पनि बरामद गरेका थिए । त्यस क्रममा सुन प्रकरणका चिनियाँ आरोपित क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij