२०८३ साउन १२ मंगलबार

विगतका सबै हवाई दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

ई आर्थिक    आइतबार, भाद्र २३ २०८१
8.7K
Shares
विगतका सबै हवाई दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवङ्गत भएकाहरूको सम्झना तथा ४५औँ दिनको पुण्य तिथिको सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई कम्पायल गरेर, एकीकृत गरेर एक ठाउँमा राख्नु पर्ने छ । उहाँले अगाडि भन्नुभयो, नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने छौँ । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्नेछ।’’

उहाँले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य,तथ्य नजिक पुगेको बताउनुभयो । मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको पनि बताउनुभयो। साथै उहाँले उक्त विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने विश्वास दिलाउनुभयो।

उहाँले दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बिमाका विषयमा बिमा सम्बन्धी ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताउँदै हवाई ऐनलाई समेत समय सापेक्ष हुनेगरी परिमार्जन गरिने बताउनु भएको छ। साथै दुर्घटनामा ज्यान गुमाउनु हुने परिवारजन प्रति समेत गहिरो समवेदना प्रकट गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij