२०८३ साउन १० आइतबार

प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ नजिक

ई आर्थिक    शनिबार, भाद्र १५ २०८१
5.3K
Shares
प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ नजिक

ई–आर्थिक, काठमाडौं । नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ पुग्न लागेको छ । आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ९५ अर्ब ५० करोड रुपियाँ कुल प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।

नेपाल राष्ट्र बैङ्क अन्तर्गतको आर्थिक अनुसन्धान विभागले शुव्रmबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९र८०’ अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी ५२।८ प्रतिशत, सञ्चिती ३३।७ प्रतिशत र कर्जाको अंश १३।५ प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार नेपालमा ५८ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

जलविद्युत् क्षेत्रमा बढी

औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा सबैभन्दा धेरै लगानी भित्रिएको प्रतिवेदनले देखाएको छ । जस अनुसार जलविद्युत्मा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९।४ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा लगानी भित्रिएको छ ।

लगानीमा बागमती अगाडि

नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये प्रदेशगत आधारमा सबैभन्दा बढी बागमती प्रदेशमा ५९।७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि व्रmमशः गण्डकी प्रदेशमा १५।१ प्रतिशत, कोशी प्रदेशमा १४।७ प्रतिशत, मधेस प्रदेशमा ८।८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ ।

भारतबाट सर्वाधिक

नेपालमा भित्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये भारतबाट सबैभन्दा बढी एक खर्ब तीन अर्ब ४५ करोड रुपियाँ नेपाल भित्रिएको छ । यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हो ।

भारतपछि चीनबाट ३५ अर्ब ४६ करोड, आयरल्यान्डबाट २२ अर्ब ६२ करोड, अस्ट्रेलियाबाट १९ अर्ब छ करोड र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनले देखाएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९।७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०।२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको छ ।

राष्ट्र बैङ्कको प्रतिवेदनका अनुसार वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११।६१ प्रतिशत रहेको पाइएको छ ।

आव २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९र८०’ तयार पारिएको राष्ट्र बैङ्क अन्तर्गत आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij