२०८३ असोज ७ बुधबार

कुमारी बैंकका ग्राहकलाई ¥याडिसन होटलमा विशेष छुट दिने सम्बन्धि सम्झौता

ई आर्थिक    बुधबार, भाद्र १२ २०८१
2.5K
Shares
कुमारी बैंकका ग्राहकलाई ¥याडिसन होटलमा विशेष छुट दिने सम्बन्धि सम्झौता

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र ¥याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले ¥याडिसन होटल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकहरुमा १०% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij