२०८३ साउन १२ मंगलबार

टर्किस एयरलाइन्सको विमान ‘मिस एप्रोच’ हुँदा ‘ओभरसुट’, ओभरसुट भएको २० मिनेटपछि अवतरण

ई आर्थिक    बिहिबार, साउन २४ २०८१
3.1K
Shares
टर्किस एयरलाइन्सको विमान ‘मिस एप्रोच’ हुँदा ‘ओभरसुट’,  ओभरसुट भएको २० मिनेटपछि अवतरण

ई–आर्थिक, काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि ओभरसुट गर्ने गरिन्छ।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij