२०८३ साउन १० आइतबार

कुमारी बैंकका ग्राहकलाई डीआई स्किन तथा डेन्टल केयरमा आकर्षक छुट

ई आर्थिक    बिहिबार, साउन १७ २०८१
8K
Shares
कुमारी बैंकका ग्राहकलाई डीआई स्किन तथा डेन्टल केयरमा आकर्षक छुट

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको गोल्फुटारमा रहेको डीआई स्किन हस्पिटल प्रालि तथा डीआई डेन्टल केयर प्रालिमा विशेष छुट पाउने भएका छन् ।

डीआई स्किन हस्पिटल र डीआई डेन्टल केयरले दिने सेवामा छुट पाउने सम्बन्धी विषयमा बैंकसँग सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले ती स्वास्थ्य संस्थाले दिने सेवा उपभोग गरेबापतको भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij