२०८३ साउन १० आइतबार

कुमारी बैंकका ग्राहक र ग्राहकका परिवारलाई बुद्ध एयरमा विशेष छुट

ई आर्थिक    आइतबार, साउन १३ २०८१
5.2K
Shares
कुमारी बैंकका ग्राहक र ग्राहकका परिवारलाई बुद्ध एयरमा विशेष छुट

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र बुद्ध एयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८% छुट प्राप्त गर्न सकिनेछ (सर्तहरु लागुहुनेछन्) । यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij