२०८३ साउन १० आइतबार

कर्जाको पुनर्तालिकीकरण भए धराशायी उद्योग बचाउन सकिने अर्थमन्त्रीलाई चेम्बर अफ कमर्सको सुझाव

ई आर्थिक    शुक्रबार, साउन ४ २०८१
3.7K
Shares
कर्जाको पुनर्तालिकीकरण भए धराशायी उद्योग बचाउन सकिने अर्थमन्त्रीलाई चेम्बर अफ कमर्सको सुझाव

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेतवार्ता गरेको हो ।

अध्यक्ष कमलेशकुमार अग्रवालसहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवम् सफल कार्यकालको शुभकामना समेत दिएको छ । आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबिच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवम् बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष अग्रवालले भन्नुभयो, ‘‘अर्थतन्त्र शिथिलताबाटै गु्रज्रिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता छ ।’’

कालो सूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यक्ता अनुसार बैंक तथा वित्तीय संस्थासंगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनर्तालिकीकरण गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

कर्जाको पुनर्तालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरुमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धराशायी हुनबाट जोगाउन सकिन्छ ।

चेम्बर केन्द्रीय समितिका सदस्यहरुसँग उपप्रधान एवम् अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि बनेको भन्दै उहाँले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘सरकारप्रति आशा र भरोसा गर्नुहोस, तत्काल गर्न सकिने काम यो बर्ष र बाँकी विषयहरु बजेटमै सम्बाेधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौं ।’’

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले घर जग्गा कर्जामा हाल कायम १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा झारिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij