२०८३ साउन ११ सोमबार

आईपीओ निष्काशन गर्दै सैदी पावर, बिक्रीप्रबन्धकमा कुमारी क्यापिटल

ई आर्थिक    बुधबार, असार १९ २०८१
3.3K
Shares
आईपीओ निष्काशन गर्दै सैदी पावर, बिक्रीप्रबन्धकमा कुमारी क्यापिटल

ई–आर्थिक, काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले साधारण सेयर(आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । कम्पनीले १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रूपैयाँ तोकिएको छ । सेयर विशेष गरी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौता—पत्रमा हस्ताक्षर गरेका छन् ।

सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij