२०८३ साउन १२ मंगलबार

टाटा मोटर्सको विद्युतीय गाडी टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि

ई आर्थिक    मंगलबार, असार ४ २०८१
6.4K
Shares
टाटा मोटर्सको विद्युतीय गाडी टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि

ई–आर्थिक, काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी टियागो ईभीको मूल्य वृद्धि भएको छ । कम्पनीका अनुसार टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि भएको छ ।

मूल्य वृद्धिसँगै अब टियागो ईभी लङ रेन्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ हुनेछ । आर्थिक वर्ष २०८१/८२ को बजेट नीतिका कारण मूल्य वृद्धि भएको कम्पनीले जनाएको छ ।

२ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स लिमिटेडको सहकार्यमा न्यूनतम मूल्य वृद्धि गरिएको कम्पनीले जनाएको छ ।

मूल्य धेरै बढदा ग्राहकलाई पर्न जाने भारलाई मध्यनजर गरेर न्यूनतम मूल्य वृद्धि गर्न लागिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार टियागो ईभी खरिद गर्न चाहने ग्राहकका लागि सीमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ ।

टियागो ईभी नेपालको विद्युतीय चारपाङ्‍ग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार हालसम्म सो गाडीका २ हजारभन्दा बढी ग्राहकहरू रहेका छन् । यो संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गइरहेको कम्पनीले जनाएको छ ।

आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन सजिलो, पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि टियोगो ईभीको लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij