२०८३ साउन १० आइतबार

एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

ई आर्थिक    मंगलबार, जेष्ठ १५ २०८१
6.5K
Shares
एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

ई–आर्थिक, काठमाडौं । लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ ।

बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहक महानुभावहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ । साथै, उक्त नवनिर्मित भवनमा ग्राहक महानुभावहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले Cash Deposit machine, KIOSK Machine, Cash Recycler Machine जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ ।

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij