२०८३ साउन ११ सोमबार

गुजरातको मनोरञ्जन पार्कमा भिषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

ई आर्थिक    आइतबार, जेष्ठ १३ २०८१
4.5K
Shares
गुजरातको मनोरञ्जन पार्कमा भिषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

ई–आर्थिक, काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको अधिकारीले जनाएका छन् ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भन्नुभयो, “गुजरातको राजकोट जिल्लाको गो-कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २झ पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।”

उहाँले भन्नुभयो,“‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।”

उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन ।

टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij