२०८३ साउन ११ सोमबार

कान्तिपुर अध्यक्ष सिरोहिया पक्राउ प्रकरण : निजी क्षेत्रका तीन व्यावसायिक संगठनको ध्यानाकर्षण

ई आर्थिक    बिहिबार, जेष्ठ १० २०८१
1.7K
Shares
कान्तिपुर अध्यक्ष सिरोहिया पक्राउ प्रकरण : निजी क्षेत्रका तीन व्यावसायिक संगठनको ध्यानाकर्षण

ई–आर्थिक, काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यावसायिकहरूका तीनवटा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् ।

कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकोमा निजी क्षेत्रका तीन व्यावसायिक संगठनको आपत्ति

तीनवटै व्यावसायीक संघ संगठनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा स्पष्ट भएको रहेको तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने उल्लेख गरेका छन् ।

‘विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेका छौं । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो’, संयुक्त विज्ञप्तिमा छ,’ थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं ।’

मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिनसकेको र अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको उल्लेख गर्दै यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुँदैन भन्ने उनीहरूको सुझाव छ ।

‘कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन । अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं’ संयुक्त विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij