२०८३ साउन १० आइतबार

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई ट्र्याक सुट वितरण

ई आर्थिक    शनिबार, बैशाख २२ २०८१
8.3K
Shares
नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई ट्र्याक सुट वितरण

ई–आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखि गर्दै आइरहेको छ ।

सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रवन्धक सुसिल निरौला, स्कुलका प्रधानाध्यापक श्रीमति देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरु, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij