२०८३ साउन ११ सोमबार

नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

ई आर्थिक    आइतबार, बैशाख १६ २०८१
5.3K
Shares
नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

ई–आर्थिक, काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय र २५ करोड ६९ लाख जरिवाना हुने फैसला गरेको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्य राम बहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद गरेको हो ।

विशेष अदालतले उनको स्वास्थ्यस्थिती, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको हो ।

विशेष अदालतले उनलाई १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर जरिवाना हुने फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij