ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहनुभएका अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगाल्नु भएको छ ।
सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गर्नु भएका खनियाज्यूले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त हुनुभएको थियो ।
तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिनुभएका खनिया हाल बैंकको स्टारटेजिक परफरमेन्स म्यानेजमेन्ट/एक्सपेरियन्स एस्यूरेन्स इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफरमेसशनल जर्निमा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गर्नुभएका खनियालाई बैंकले दिएको यस नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने विश्वास बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिनुभयो ।