२०८३ साउन ९ शनिबार

समृद्धि फाइनान्सको निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर

ई आर्थिक    आइतबार, चैत्र २५ २०८०
4.6K
Shares
समृद्धि फाइनान्सको निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर

ई–आर्थिक, काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । काठमाडौं पुतलीसडक कार्यालयले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसात गर्दै उक्त कार्यक्रम गरेको जनाएको छ ।

आर्सिया डेन्टल तथा जेजिएसआइ केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए । दन्त परीक्षण अन्तर्गत दुई सय ८० जना र आँखा परीक्षणमा तीन सय २९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिएको फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij