२०८३ साउन १२ मंगलबार

कृषि विकास बैंकले ल्याल्यो एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा

ई आर्थिक    शनिबार, चैत्र २४ २०८०
5.1K
Shares
कृषि विकास बैंकले ल्याल्यो एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा

ई–आर्थिक, काठमाडौं । कृषि विकास बैंकले एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा ल्याएको छ। यस सुविधामार्फत ग्राहकले दुई लाख रुपैयाँसम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् ।

कृषि विकास बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन उक्त कर्जाको भुक्तानी अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने पूर्व भुक्तानको विकल्प पनि रहने छ।

एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा योग्य ग्राहकहरुले वाइ नाऔं, पे लेटरको सुविधा पनि प्राप्त गर्न सक्नेछन्। बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ। यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ।

ग्राहकहरुले कन्भर्ट टु इएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् जसअन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन्। यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ् एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा रजिष्टर गर्न सक्नेछन् ।

कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयर मार्फत तय गरिन्छ। योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ् एप भित्र फोनलोन ब्यानर र रजिष्टर बटन देखा पर्नेछ। ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन्। यो सेवा सुचारु गरे पश्चात सरकारी बैंकहरुमध्ये फोनलोन सेवा संचालनमा ल्याउने कृषि विकास बैंक पहिलो समेत बनेको छ।

फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने, ‘हाम्रो मुख्य लक्ष्य फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो। साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन्।’

यसैगरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको एपमा फोनलोनको सुचारु भएसँगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले २ लाख रुपैयाँसम्मको लोन आफ्नै मोबाइल बैंकिङबाटै लिन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij