२०८३ भाद्र ३० मंगलबार

मन्जुश्री फाइनान्सको ग्लोबल मनी वीक २०२४ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई आर्थिक    सोमबार, चैत्र १९ २०८०
10.5K
Shares
मन्जुश्री फाइनान्सको ग्लोबल मनी वीक २०२४ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल राष्ट्र बैंकको संयोजनमा मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो विभिन्न शाखाहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२४ अन्तर्गत फाइनान्सले आफ्नो २७ वटै शाखाबाट देशैभरी सो कार्यक्रम साताव्यापी रुपमा संचालन गरेको हो ।

सो कार्यक्रमबाट देशभरका नौ सयभन्दा बढी युवा प्रत्यक्ष रुपमा लाभान्वित भएको फाइनान्सले जनाएको छ । मन्जुश्री फाइनान्सले डिजिटल कारोबारको युगमा ग्राहकले पूर्णरुपले सचेत भई बैंकिङ गर्नुपर्छ भन्ने सन्देशमूलक सूचनाका साथमा आफ्ना शाखाहरुबाट सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको हो ।

फाइनान्सले डिजिटल बैंकिङको रुपमा निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ सेवा, अनलाइन खाता खोल्ने सुविधा, आदि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij