२०८३ साउन १० आइतबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

ई आर्थिक    बुधबार, चैत्र ७ २०८०
5.6K
Shares
राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक ‘२०२४ प्रोटेक योर मनी, सेक्यूर योर मनी’ भन्ने मूलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij